"सपनाको संसार सजिलो हुँदैन, तर त्यो सम्भव छ यदि तपाईं अडिग हुनुहुन्छ भने। माया गर्ने दर्शकको साथमा, मेहनत गर्ने कलाकार कहिल्यै हराउँदैन। आजको 'सिनेमाको नेपाल' यात्रा सुरु गरौं ती मेहनती सपनाहरूसँग जसले नेपाली सिनेमा उज्यालो बनाइरहेका छन्!"
"सिनेमाले मात्रै होइन, समाजले सास फेर्ने ठाउँ हो हाम्रो पर्दा! स्वागत छ तपाईंलाई, सधैंझैं तपाईंको रोजाइमा पर्ने कार्यक्रम ‘Cinema Nepal’ मा — जहाँ म ल्याउँछु नेपाली सिने क्षेत्रका ताजा खबर, गहिरो विश्लेषण र मन छुने सन्देश। आजको यात्रा सुरु गरौं आशा, संघर्ष र सम्भावनाका कथासँग।"

🎥 आजको मुख्य टपिकहरू:
सिटामोलले पायो देशभर कति शो?
मोहरको अग्रिम बुकिङको स्थिति
‘बलिदान’का ४ क्यारेक्टर पोस्टर सार्वजनिक
किन अपेक्षित चलेन प्रकाश सपुतको ‘नाइँ भनेसी नाइँ’?

‘सिटामोल’ले कति पायो देशभर शो ? 

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘सिटामोल’ । फिल्मको देशभरका अधिकांश मल्टिप्लेक्सले अग्रिम टिकट बुकिङ खुला गरेको हो ।फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो गरी देशभर ३१ शो दिएको छ । यता देशकै दोस्रो ठुलो मल्टिप्लेक्स चेनले आईएनआई सिनेमाजले आफ्ना ४ आउटलेटमा ११ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बीएसआर मुभिजले २ शो, वान सिनेमाज्ले ६ शो, सिने डी सेफले ३ शो, कीर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन् । अझै धेरै फिल्मले शो खुलाउन बाँकी रहेको छ । राज बहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । तुल्सीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्माता रहेका छन् । 

 फिल्म ‘मोहर’को अग्रिम बुकिङ खुला, कति पायो शो ? 

देशभरका मुख्य मल्टिप्लेक्सहरुले फिल्म ‘मोहर’को बुकिङ खुलाएका छन् । फिल्म मेकर्स प्रालिको ब्यानरमा चुम्बनजंग शाहीले निर्माण गरेको फिल्मको केही हलले मंगलबार नै बुकिङ खुलाएका हुन् भने केही हलहरूले आजबाट बुकिङ खुलाएका छन् ।फिल्मलाई इलाइट सिनेमा, इटहरीमा ४ शोज, बीग मुभिजमा २ शोज, क्यूएफएक्स छायामा २ शोज, आईएनआई सिनेमाज लोत्सेमा ३ शोज, आइएनआई सिनेमाज् बाँनेश्वरमा ३ शोज, वान सिनेमाज् नयाँ बानेश्वरमा ४ शोज, वान सिनेमाज् कालिमाटीमा २ शोज मिलेको छ ।यस्तै फिल्मलाई एफक्यूब हलमा ३ शोज, क्यूएफएक्स राइजिङ मलमा १ शोज, बीएसआर मुभिज गंगबुमा ३ शोज, क्यूएफएक्स भक्तपुरमा २ शोज, क्यूएफएक्स ट्रेड मल पोखरामा ३ शोज, क्यूएफएक्स जलमाले २ शोज, क्यूएफएक्स सिजी मल चितवनमा २ शोज, कावासोती सिनेमाजमा ३, म्याङ्गो जनज्याेति पर्सामा २, क्यूएफएक्स बुटवलमा २, क्यूएफएक्स एपेक्स मल दमौलीमा २, क्यूएफएक्स विराटनगरमा एक, क्यूएफएक्स विर्तामोडमा २, पाथिभरा सिनेप्लाजा विर्तामोडमा २, एसटीसी सिनेमामा २ र सीडीसी सिनेमाज सुनधारामा ४ शोज मिलेको छ ।फिल्मलाई क्यूएफएक्स लाबिम मलमा २ शोज, क्यूएफएक्स सिभिल मलमा ३, क्यूएफ एक्स दरबारमा १, क्यूएफएक्स सिटी स्वायरमा ३ र क्यूएफएक्स बागेश्वरीमा २ शोज मिलेको छ । अझै थुप्रै मल्टिप्लेक्सले शोज खुलाउन बाँकी छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय छ । फिल्मले देउकी प्रथाको कथा भन्छ । 

‘बलिदान’का ४ क्यारेक्टर पोस्टर सार्वजनिक दशैंको फूलपातीमा प्रदर्शन हुन लागेको फिल्म ‘बलिदान’का ४ क्यारेक्टर पोस्टर सार्वजनिक भएका छन् 

।कलाकार अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनले निर्वाह गरेका चरित्रको पोस्टर सार्वजनिक गरिएको हो । सेन यो फिल्मका निर्देशक समेत हुन् ।पोस्टर सार्वजनिक गर्दै सेनले भनेका छन्, ‘यी तस्वीर केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्र हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन् ।’बुढाथोकी प्रशस्तै फिल्ममा खलपात्रको चरित्र निर्वाह गरेका अनुभवी अभिनेता हुन् । निर्देशक सेनले बुढाथोकीको भूमिकाबारे उल्लेख गर्दै भनेका छन्, ‘जसको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ ।’यसअघि कलाकार समीर भट्ट र कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ । अभिनेता सौगात मल्लको लुक्स पनि उनको जन्मदिनमा आइसकेको छ ।फिल्मको प्रचारलाई नयाँ उचाइमा पुर्‍याउँदै निर्माताले देशभर ’बलिदान ब्यानर’ अभियान चलाएका छन्, जसमा देशैभर ठूलो आकारका ब्यानर राखिएा छन् ।आसुसेन फिल्म्स प्रालिको प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिष्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन् । 

• किन अपेक्षित चलेन प्रकाश सपुतको 'नाइँ भनेसी नाइँ'? 

 प्रकाश सपुतले 'बदला बरिलै' को दोस्रो भागको रूपमा 'नाइँ भनेसी नाइँ' गीत ल्याए आफ्ना प्रायः गीतबाट चर्चा पाउँदै आएका प्रकाश पछिल्लो समय फिल्ममा व्यस्त बनेपछि सांगीतिक क्षेत्रबाट केही सुस्ताए झन्डै एक वर्षयता म्युजिक भिडिओ ल्याएका थिएनन जसका कारण पनि उनको पछिल्लो गीतलाई थप प्रतीक्षित मानिएको थियो तीज विशेष गीत ‘नाइँ भनेसी नाइँ’ लाई लिएर रिलिजअघि चर्चा समेत भएको थियो। खासगरी अभिनेत्री रेखा थापाले अभिनय गरेका कारण करिअरकै दोस्रो म्युजिक भिडिओ हो यो गीतको भिडिओलाई अहिलेसम्म 6 लाख 68 हजार भ्युज छ यो अपेक्षित होइन यसअघि उनका थुप्रै गीतले रिलिजसँगै चर्चा पाउनुका साथै २४ घण्टामै १० लाख बढी भ्युज पाएका थिए 'सकम्बरी' गीतकै कुरा गर्दा यसले रिलिजको २४ घण्टामा १० लाख बढी भ्युज पाएको थियो भने रिलिजको एक सातामा युट्युबमा एक करोडभन्दा बढीपटक हेरिएको थियो। प्रकाशका विगतका गीतको तुलनामा अहिलेको गीतले चर्चा र भ्युज अपेक्षित पाएन प्रतिक्रिया भने सकारात्मक छन गीतमा आफ्नो शरिरमा आफ्नै अधिकार हुन्छ भन्ने सन्देश दिन खोजिएको छ शब्द तथा संगीत प्रकाश सपुतको छ भने स्वर समीक्षा अधिकारी र एलिना चौहानले दिएका छन । 

"नेपाली सिनेमा हिजोको भन्दा आज बढी आत्मविश्वासी देखिन्छ। सिटामोल होस् या मोहर, बलिदान होस् या नाइँ भनेसी नाइँ – सबैले नेपाली दर्शकलाई केहि न केही दिन खोजिरहेका छन्। यस्तै गहिरा खबर, यस्तै नयाँ विमर्शका साथ भोलिपनि 'Cinema Nepal' मा फेरी भेटौंला। म बलकृष्ण खनाल, आजलाई बिदा दिन्छु। जय नेपाली सिनेमा!"

Comments

Popular posts from this blog

संकल्प लामिछानेको परदेसि फर्की आउनेकी नामक गित को भिडियो शार्बजनिक

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू