"नमस्कार, म बलकृष्ण खनाल, स्वागत छ तपाईंलाई — Cinema Nepal मा।
जीवनमा हामी सबैसँग एउटा सपना हुन्छ — कोही त्यो सपना पूरा गर्न परदेश जान्छ, कोही यहाँको माटोमै पसिना बगाउँछ। तर सपना पुरा गर्ने बाटो सधैंँ सरल हुँदैन। चलचित्र पनि त्यस्तै हो, कहिले मिठो, कहिले तीतो। आज हामी ल्याएका छौं, नेपाली चलचित्र जगतका पाँच महत्वपूर्ण खबर — जसमा छ सपना, संघर्ष, विवाद र हाँसोको मिठास।"
"आजको एपिसोडमा हामी पाँच मुख्य फिल्मी समाचारको चर्चा गर्दैछौं —
१️⃣ विजय बराल अभिनीत ‘जनै हराएको मान्छे’को ट्रेलर,
२️⃣ नीता ढुंगानाको निर्देशनमा ‘पार्वती’को घोषणा,
३️⃣ फिल्म ‘मोहर’ र ‘सिटामोल’ को सुरुवाती व्यवसाय
4️⃣ निर्माता विनोद पौडेल र पत्रकार प्रकाश सुबेदीबीचको विवाद,
5️⃣ र ‘हरिबहादुरको जुत्ता’को नयाँ पोस्टर।
आउनुहोस्, हरेक समाचारलाई विस्तारमा बुझौं र यसको अर्थ र प्रभावको विश्लेषण गरौं।"
१. ‘जनै हराएको मान्छे’ — सपना, धोका र संघर्षको कथा
फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनैपूर्णिमाको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर प्रदर्शन गरियो ।ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि मुख्य पात्रले गर्ने संघर्षको कथा चित्रण छ । पैसा कमाउने सपनासहित दक्षिण कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिबन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ ।शीर्ष पात्रको भूमिकामा विजय बराल फिचर्ड छन् । कोरिया जान नसकेपछि काठमाडौं छटपटिएर बसिरहँदा भेटिने पात्र (मिरुना मगर) र उनीसँगको प्रेम, दिदी (केकी अधिकारी)लाई भिनाजुले दिने दुःखलगायतका दृश्यले दर्शकको मन जित्छ ।पारिवारिक कथामा बनेको निम्न मध्यमवर्गीय नेपालीको कथामा फिल्म आधारित रहेको बुझ्न सकिन्छ । हिमाल न्यौपानेले निर्देशन गरेको फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।सशांक मैनाली, गौरव पहारी, भोलाराज सापकोटा, रिअर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापाको पनि अभिनय छ ।पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल यो फिल्ममार्फत शीर्ष भूमिकामा आउन लागेका हुन् ।
२. ‘पार्वती’ — साधारण पात्रको नजरबाट जीवनको रंग
नीता ढुंगानाले निर्देशन गर्ने फिल्म ‘पार्वती’को प्रदर्शन मिति माघ १ गतेलाई तय गरिएको छ । रक्षा बन्धनको अवसरमा शनिबार टिजर पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज डेट घोषणा गरेका हुन् ।नीता फिल्म्सको प्रस्तुति रहने यो फिल्मले दुई टिजर पोस्टर सार्वजनिक गरेको छ । फिल्मको पटकथा तथा संवाद लेखन शिवम अधिकारीको हुनेछ ।छायांकन कविर लाल र शाहिद लालले गर्नेछन् । निर्माण समूहमा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना छन् । यो फिल्मलाई हाँसो, भावना र सामाजिक सन्देश मिश्रित फिल्म बताइएको छ ।‘एक साधारण पात्रको नजरबाट जीवनका रङ, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ’ फिल्मबारे जानकारी दिन निर्माताद्वारा प्रेषित इमेलमा उल्लेख छ ।असोजबाट छायांकन हुने जनाइएको छ यो फिल्मका अन्य प्राविधिक र कलाकारबारे खुलाइएको छैन । फिल्मलाई काठमाडौं उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् । काठमाडौं उपत्यकाबाहिर एफडीले वितरण गर्नेछ ।
र
फिल्म ‘मोहर’ र ‘सिटामोल’ को सुरुवाती व्यवसाय कस्तो ?
गत जेठमा प्रदर्शनमा आएको ‘उनको स्वीटर’ पछि नेपाली फिल्मले अपेक्षित व्यापार गर्न नसक्दा फिल्म क्षेत्रमा निराशा छाएको थियो । त्यो निराशालाई चिर्दै केही हदसम्म आशा जगाउन सफल भएका छन् ‘मोहर’ र ‘सिटामोल’ । गत शुक्रबार प्रदर्शनमा आएका दुवै फिल्मले शुक्रबार र शनिबार देशभर राम्रो दर्शक पाएका छन् ।शनिबार बिहानसम्म दुवै फिल्मको शोमा देशभर दर्शकको चाप औसत थियो । तर, दिउँसो १ बजेपछि भने विशेष गरी ‘मोहर’ लाई काठमाडौँसहित नेपालगन्ज, चितवन, पोखराजस्ता सहरमा दर्शकको उत्साहजनक साथ मिल्यो । ‘सिटामोल’ को पनि काठमाडौँ, नेपालगन्ज, बुटवल, पोखरा, बनेपा जस्ता सहरमा दर्शक राम्रो देखिए । फिल्महरूलाई दर्शकबाट प्रतिक्रिया समेत राम्रो मिलेको छ ।फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’का वितरक करण श्रेष्ठका अनुसार शुक्रबार र शनिबार फिल्मले राम्रो दर्शक पाएको छ । फिल्मले दर्शकबाट वर्ड अफ माउथ समेत राम्रो पाएको उनको भनाइ छ । चुम्बनजंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । पल शाह, बेनिशा हमाल, नीति शाह लगायतको मुख्य भूमिका रहेको फिल्ममा दर्शक देउकी प्रथाको विषयले पनि तानेको बताइन्छ ।दर्शकबाट फिल्मलाई लिएर उत्कृष्ट प्रतिक्रिया आएपछि नायक पल शाह भावुक समेत बने । उनले भने, ‘अहिले म बोल्न सकिरहेको छैन । एउटा कलाकारका लागि निर्देशक र टिम बलियो भयो भने उसले काम देखाउन सक्छ । यसपटक हामीले निकै मिहिनेत पनि गरेका थियौँ । दर्शकको प्रतिक्रियाबाट मिहिनेत सफल भएको भन्ने लागेको छ ।’ फिल्म ‘मोहर’ को व्यापार आइतबारबाट झन् बढ्ने वितरक श्रेष्ठ बताउँछन् । यता ‘सिटामोल’ मा पनि दर्शक देखिएपछि निर्माण टिम अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल लगायतका कलाकारलाई लिएर काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो । शो क्रममा दर्शकले ‘सिटामोल’ को कथावस्तुले आफूहरूको मन जित्नुका साथै अन्तिममा रुवाएको समेत प्रतिक्रिया दिएका थिए ।शुक्रबार नै एमाले सम्बद्ध विद्यार्थी सङ्गठनका अध्यक्ष डा.सुजन कडरिया, उपाध्यक्ष अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशी लगायतको टिमले पनि ‘सिटामोल’ हेरेको थियो । उनीहरूले देशमा ६२/६३ तिरको सशस्त्र जनयुद्धका घाइते योद्धा र कर्णाली प्रदेशका जनताले त्यो बेला मात्रै नभई अझै पनि सिटामोलजस्ता साधारण औषधी पनि नपाउने अवस्थालाई सुक्ष्म ढङ्गले प्रस्तुत गरेको प्रतिक्रिया दिए ।
‘सिटामोल’ ले एक पूर्वमाओवादी कमान्डरलाई केन्द्रमा राखेर कथा भन्छ । सिनेमाले जनयुद्धको विषयलाई उठान गरेकाले आफूहरूले रिलेट गर्न सकेको र धेरै दृश्यमा भावुक भएको अधिकांश दर्शकको प्रतिक्रिया छदर्शकको प्रतिक्रिया राम्रो आएपछि अभिनेता सौगात मल्ल भन्छन्, ‘दर्शक भेट्न हिँड्नु परेकाले मैले आफै पुरै फिल्म हेर्न पाएको छैन । तर सबैको प्रतिक्रिया सुनेरै खुसी लागेको छ । दर्शकले मन पराइदिनु भयो भनेपछि हामीले गरेको मेहनतले रंग पाएको छ ।’
राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली, आरध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
जतपट प्रकाश सुबेदीमाथि निर्माता विनोद पौडेलको आरोप: पैसा नदिएपछि दुस्मनी साँध्न खोजे
ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ का निर्माता विनोद पौडेलले चलचित्र पत्रकार प्रकाश सुबेदीमाथि गम्भीर आरोप लगाएका छन सुबेदीले सञ्चालन गर्ने रजतपट कार्यक्रमको टिमले आफूसँग पैसा मागेको र दिन इन्कार गरेपछि आफ्नो विषयमा गलत रिपोर्ट बनाइएको दाबी छ रजतपट कार्यक्रमको पछिल्लो एपिसोडमा विनोद पौडेलमाथि सुबेदीले घोचपेचयुक्त गसिप वाचन गरेका थिए पौडेलले आफ्नो चलचित्रको एउटा गीतले युट्युबमा भ्यूज नपाएपछि ‘बुस्ट’ को सहारा लिएको सुबेदीले बताएका छन अभिमन्यू सिनेमाको माली गीत २१ हजार मात्रै भ्यूज थियो तर पौडेलले बुस्ट गरेर आज डेढ लाख पुर्याउन भ्याइसकेछन अब सिनेमा पनि बुस्ट गर्ने होला होइन त रु गर्नुस गर्नुस २५/३० लाखको टिकट किन्ने तपाईँ नै हो त्यसमाथि अहिले त पूर्णबहादुरको सारंगीबाट कमाएको पैसा पनि टन्न छँदैछ यो गसिप हो नि फेरि विनोद जी तपाईँ त स्टाटस लेख्न माहिर हुनुहुन्छ तपाईंको स्टाटस कहिले आउला र कमेन्ट ठोकिहालौँ भनेर पर्खिने पनि कम छैनन ।
नभन्दै पौडेलले पैसा माग्दा नदिएको कारण यसो गरेको भन्दै सुबेदीविरुद्ध यस्तो स्टाटस लेखेका छन


हाम्रो अभिमन्यु चलचित्र को media coordinator संग रजतपट टिमले promotion को लागी पैसा छुट्याएको छ कि छैन भनेर पैसा मागेपछि मैले हुदैन भने चलचित्र राम्रो बनाको छु म यो पल्ट पनि रजतपटमा नगर्ने भनेछि दुश्मनी निकाल्न प्रकाश सुबेदी सरले मेरो बारेमा हिजोको एपिसोडमा रिपोट बनाउनुभएछ हुन त धेरै जना यस्तो बिषय आउदा डराएर चुपलाग्नु हुन्छ किनकि भोलि रजतपट टिमले रिलिज भएछि रिपोर्ट बनाएर फिल्मको बारे नराम्रो भनिदिनुहोला भनेर तर मलाई यो कुराको मतलब छैन त्यहि प्रोडुसरको पैसा लिएर त्यहि प्रोडुसरको खेदो खनेको देखेकोछु मैले।
आखिर रजतपट लाई पैसा नदिदा पनि त ब्लकबस्टर भयो पूर्णबहादुरको सारंगी हैन र कि रजतपटलाई पैसा दिदैमा हिट हुने हो र? हेर्नु तपाईको जस्तो चिप्लो घस्न आउदैन हाम्रा सिदा बात नो बक्वास ल गित बुष्ट गरे सोसल मिडियोमा कन्टेन्ट बुष्ट गरे टिकट पनि काटे के मैले पाप गरेर कि अरुको पैसा ठगेर धम्क्याएर गरे? नितान्त मेरो गोजिको पैसा हालेर गरे के यसो गर्नु अपराध हो? मेरो फिल्मको मार्केटिगं गर्न मैले आफ्नो हिसाबले नपाउने? के तपाईको कार्यक्रम मा मार्केटिगं गर्नु अनिवार्य हो हामी फिल्म बनाउने मान्छे हो हजुर अरुको controversy बनाउने मान्छे हैन र अर्को कुरा पूर्णबहादुरको सारंगी को पैसा नहुदा पनि मैले भात खाएकै थिए है अहिले पनि त्यहि भात नै हो पूर्ण बहादुरको सारंगीको पैसा कस्ले मिलेर हिनामिना गरे तपाईलाई त पक्कै थाहा छ होला किनकि कस्ले कतिको बुष्टिगं गर्यो त्यो थाहा हुनेलाई यति जाबो कुरा त के थाहा नहोला र ?
पोस्टरमा यस्तो देखियो 'हरिबहादुरको जुत्ता'
चलचित्र 'हरिबहादुरको जुत्ता' को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले पोस्टरमा चलचित्रका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरिएको छ। पोस्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन्। सार्वजनिक पोस्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ। पोस्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन्। प्रकाश केहि रिसाएको मुडमा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छिन्। यसले चलचित्र रमाइलो र पारिवारिक रहेको अनुमान लगाउन सकिन्छ। सार्वजनिक पोस्टरलाई शान थापा र विजय बस्यालले तयार गरेका छन्। चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
"आजको सबै समाचारले एउटा कुरा स्पष्ट गर्छ—नेपाली सिनेमामा विविधता छ। कोही विदेश जाने सपनाको कथा सुनाउँदैछन्, कोही सामाजिक सन्देश दिइरहेका छन्, कोही पारिवारिक रमाइलो ल्याउँदैछन्, अनि कोही विवादमा आफ्नै सत्य बोलीरहेका छन्। दर्शकको समर्थन र सचेत दृष्टिले मात्र यी सबै प्रयासलाई सही मूल्याङ्कन गर्न सक्छ।
अन्तमा, जीवनमा जसरी उतारचढाव आउँछन्, सिनेमामा पनि हुन्छन्। तर जो आफ्नो मेहनत र इमानदारीमा अडिग रहन्छ, ऊ अन्ततः दर्शकको दिलमा स्थान बनाउँछ।"
अहिलेलाई, म बलकृष्ण खनाल, Cinema Nepal – Sangam Film & Production House बाट बिदा लिन्छु।
अर्को एपिसोडमा फेरि भेटौँला। नमस्कार।"
Comments
Post a Comment