"जीवनमा अवसर बारम्बार आउँदैन, तर एकपटक आएको अवसरलाई समात्न सकियो भने नयाँ यात्रा सुरु हुन्छ। सिनेमा पनि जीवन जस्तै हो – उतार चढाव हुन्छन्, तर अन्ततः पर्दामा फर्कने साहस गर्नेहरू नै साँचो कलाकार कहलिन्छन्।"

"नमस्कार दर्शकवृन्द, म बलकृष्ण खनाल, स्वागत गर्दछु तपाईंलाई Cinema Nepal मा, जहाँ हामी ल्याउँछौं नेपाली चलचित्र जगतका ताजा र रोचक अपडेटहरू। आजको विशेष एपिसोडमा तपाईँहरूले पाउनुहुनेछ – जीवन लुइँटेलको सात वर्षपछि फिल्ममा कमब्याकदेखि लिएर निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’ सम्म, अष्ट्रेलियामा ‘माग्ने राजा’ को धूमदेखि ४२ देशमा प्रदर्शनमा आउँदै गरेको ‘कोशेढुंगा’ सम्मका खबरहरू। साथै, दयाहाङ राईको सरप्राइज इन्ट्री ‘मैझारो’ मा। सबै समाचार विस्तारमा हेरौं।"

१. ‘सकम्बरी’ बाट फिल्ममा कमब्याक गर्दै जीवन लुइँटेल

२. चलचित्र ‘जनै हराएको मान्छे’ सेन्सर पास

३. अष्ट्रेलियामा ‘माग्ने राजा’लाई सय शो

४. भारतमा सुरु हुँदै ‘आचार्य’को छायाङ्कन

५. ४२ देशमा एकसाथ प्रदर्शन हुने ‘कोशेढुंगा’

६. दयाहाङ राईको सरप्राइज इन्ट्री ‘मैझारो’मा

‘सकम्बरी’ बाट फिल्ममा कमब्याक गर्दै जीवन लुइँटेल

नाटक ‘शिरीषको फूल’ बाट थियटर डेब्यु गरेका अभिनेता जीवन लुइँटेलले ७ वर्षपछि फिल्ममा पनि कमब्याक गर्ने भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’ बाट उनले फिल्ममा कमब्याक गर्ने भएका हुन् ।फिल्मका लागि कान्तिपुर फिल्म एकेडेमीले बुधबार जीवनसँग लिखित सम्झौता समेत गरेको छ । अभिनेता अर्पण थापाको समेत अभिनय रहने फिल्मको निर्देशकबारे आउँदो साता जानकारी दिइने एकेडेमीका सीइओ प्रकाश पुरीले बताए । तिहारपछि छायाङ्कन हुने फिल्मको अहिले प्रिप्रोडक्सन भइरहेको छ । पारिजातको चर्चित पुस्तक ‘शिरीषको फूल’ का पात्रबाट प्रभावित भएर फिल्म बनाउन लागिएको हो । फिल्ममा जीवनले सुयोगवीर र अर्पणले शिवराजको चरित्र निर्वाह गर्नेछन् ।

चलचित्र ‘जनै हराएको मान्छे’ काे सेन्सर पास

आगामी शुक्रबारबाट रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को सेन्सर पास भएको छ । सोमबार साँझ चलचित्र विकास बोर्डको केन्द्रीय चलचित्र जाँच पास समितिले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली अभिनीत, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय चलचित्रमा छ ।पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

अस्ट्रेलियामा ‘माग्ने राजा’लाई सय शाे

भदौ ६ (२२ अगस्ट)देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा पनि रिलिज हुने भएको छ ।अस्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले चलचित्रले विभिन्न हलमा एक सय शाे पाएको जानकारी दियो । बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त शाेको आधारमा हेर्दा चलचित्रले राम्रो व्यापार गर्ने अनुमान रहेको थ्रिकेजीका गोविन्द भण्डारीले बताए ।दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले चलचित्रको हाइप र सम्भावनालाई मध्येनजर गरेर पर्याप्त शाे सहित रिलिज हुन लागेको बताइन् । उनका अनुसार अस्ट्रेलियामा लामो समयपछि नेपाली चलचित्र हलमै रिलिज हुन थालेका छन् । फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ । मुनाल घिमिरेले निर्माण गरेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।मित्र गुरुङको सम्पापन, नरेन्द्र मैनालीको छायाङ्कन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको चलचित्रमा सामीप्य तिमल्सेनाको लेखन रहेको छ ।

‘आचार्य’ छायांकन गर्न टिमसहित भारत लागे निखिल

अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’ छायांकनका लागि भारत प्रस्थान गरेका छन् ।मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौँबाट भारतको पश्चिम बंगाल लागेको हो । टिममा निखिलसँगै निर्मात्री अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिजापती, छायांकार मनु बिके र कलाकार समेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारीलगायत छन् । भदौ ६ गते (अगस्ट २२) शुक्रबारबाट ‘आचार्य’को छायांकन भारतको ‘डुअर्स’, बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा हुने निखिलले बताए । मुम्बई, नासिक र झारखण्डमा समेत खिचिने फिल्मको नेपाल पनि छायांकन हुनेछ । फिल्मको छायांकन सेड्युल ६० दिन रहेको छ । फिल्ममा निखिल नै प्रमुख अभिनेता रहनेछन् भने अन्य कलाकारमा पूर्णिका सिजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी छन् । फिल्ममा बलिउड र दक्षिण भारतीय फिल्ममा काम गरिसकेका केही चर्चित कलाकारहरूसमेत रहनेछन् । निखिलले ‘आचार्य’लाई विश्वस्तरीय एक्सन फिल्म बताएका छन् । यही फिल्मबाट अभिनेत्री सञ्चिताले कोरियोग्राफीमा डेब्यू गर्नेछिन् । नेपाली र हिन्दी भर्सनको एक गीतमा उनले कोरियोग्राफी गर्ने तय भएको छ ।यसअघि निखिलले सन् २०१५ मा रिलिज भएको फिल्म ‘भैरव’ निर्देशन गरेका थिए । निखिल नेपाली फिल्मका एक्सन स्टार हुन् ।

एकसाथ ४२ देशमा प्रदर्शनमा आउन लागेको ‘कोशेढुंगा’को ट्रेलरमा के छ ?

फिल्म ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक गरिएको छ ।निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमबिच सार्वजनिक गरेको ट्रेलरमा प्रेम, प्रेम पाउनका लागि गरेको संघर्ष, वियोग समेटिएको छ । गाउँले परिवेश देखिएको ट्रेलरमा परम्परागत सामाजिक सोच र त्यसले जिन्दगीलाई पार्ने प्रभाव देखिन्छ ।ट्रेलरमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रविन खतिवडा, ऋचा शर्मालगायत कलाकार देखिएका छन् । ट्रेलरमा थ्रिलर र सस्पेन्स पनि छ । पैसाको बलमा सम्बन्ध जोड्ने रवाफ र चोखो प्रेमका लागि गरिएको संघर्षसहितको द्वन्द्व ट्रेलरमा समेटिएको छ । सरोज पौडेलको निर्देशन रहेको फिलम ‘कोशेढुंगा’ भदौ १२ गते रिलिजदेखि प्रदर्शनमा आउने तयारीमा छ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको फिल्मस्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायांकन गरिएको हो । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्मका प्रेबिल कँडेल र किशोर अनुराग निर्माता हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशीष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै छ । फिल्म एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ । पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।

दयाहाङ राईको ‘मैझारो’मा इन्ट्री, लुक्स सार्वजनिक

फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गरिएकाे छ । फिल्मको छायाङ्कन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बू समुदायको भेषमा एक हातले तिर हान्दै गरेको लुक्स सार्वजनिक गरिएको हो ।

निर्माण पक्षले उनको भूमिका बारे केहि खुलाएका छैनन् । यसअघि यो फिल्ममा उनी हुने नहुने बारेमा निर्माण पक्षले केहि खुलाएका थिएनन्। अन्ततः उनी यो फिल्ममा अनुबन्ध भएको बुझिन्छ। फिल्मका निर्देशक विल्सन बिक्रम राईले दर्शकलाई सरप्राइज दिएका छन् ।यो फिल्मको साउनको पहिलो हप्ताबाट इलामबाट छायाङ्कन सुरु गर्दा मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका रहने भनिएको थियो। तर दयाहाङ हुने नहुने निर्माण पक्षले स्पष्ट पारेको थिएन। अन्ततः दया पनि यो फिल्मको मुख्य भूमिकामा देखिने भएका छन् ।निर्माण पक्षले फिल्मको छायाङ्कन पनि अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। निर्देशक राईकै कथामा निर्माण भइरहेको यो फिल्मको छायाङ्कन नेपालको पूर्वीको इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा भएका छन् । विल्सन बिक्रमकै फिल्मको कथा र पटकथामा निर्माण भएको यो फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको सङ्गीत रहेको छ भने गायनमा राजेश पायल राई,झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर सुन्न पाइनेछ ।सौरभ लामाले छायाङ्कन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दै छ र डिजिटल अधिकार ओएसआरले लिएको छ । फिल्म ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको हो ।

"दर्शकवृन्द, यी थिए आजका Cinema Nepal का मुख्य समाचार। नेपाली चलचित्र उद्योग दिनानुदिन नयाँ उचाइमा पुगेको छ, जहाँ कलाकारहरूले नयाँ प्रयास, नयाँ कथा र नयाँ सपना लिएर अघि बढिरहेका छन्। तपाईंलाई कुन समाचार मन पर्‍यो? कमेन्टमा अवश्य लेख्नुहोस्।
भिडियो मन परेमा Like, Share र Subscribe गर्न नबिर्सनु होला। म बलकृष्ण खनाल, भोलि फेरि भेट्ने प्रतिज्ञासहित Cinema Nepal बाट बिदा हुन्छु। नमस्कार!"


‘जनै हराएको मान्छे’ सेन्सर पास ✅ | ‘माग्ने राजा’ अष्ट्रेलियामा १०० शो | Cinema Nepal Update

नमस्कार, स्वागत छ तपाईंलाई Cinema Nepal मा 🎬
आजको एपिसोडमा हामीले ल्याएका छौं नेपाली चलचित्र उद्योगका ताजा र ठूलो अपडेटहरू:

✅ अभिनेता जीवन लुइँटेल ७ वर्षपछि फिल्म ‘सकम्बरी’ बाट कमब्याक
चलचित्र ‘जनै हराएको मान्छे’ सेन्सर पास, यस शुक्रबारदेखि रिलिज
‘माग्ने राजा’ अष्ट्रेलियामा १०० शो सहित धमाका रिलिज
निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’ भारतमा छायाङ्कन सुरु
४२ देशमा एकसाथ रिलिज हुँदै ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक
दयाहाङ राई सरप्राइज भूमिकामा ‘मैझारो’मा इन्ट्री

👉 नेपाली चलचित्र, कलाकार र फिल्म अपडेटका लागि Cinema Nepal सब्सक्राइब गर्न नबिर्सनु होला।
👉 तपाईंलाई कुन खबर मन पर्‍यो? तल कमेन्टमा आफ्नो विचार लेख्नुहोस्।

#NepaliCinema #CinemaNepal #NepaliFilmNews #JeevanLuintel #DayahangRai #NikhilUpreti #NepaliMovie

Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

नेपालमा चलचित्र छायांकन का लागि शीर्ष १० आकर्षक स्थानहरू

चलचित्रमा गीत-संगीतको महत्त्व