"जब मञ्च छैन, कलाकार बोल्दैन; जब न्याय छैन, कथा हराउँछ — तर सच्चा सिनेमा कहिल्यै चुप लाग्दैन। त्यो लड्छ, बोल्छ र अन्ततः इतिहास बन्दछ।"
"नमस्कार, ma hu bal krishna khanal यो हो karyakram Cinema Nepal, Sangam Film and Production House को प्रस्तुति — जहाँ हामी ल्याउँछौं नेपाली सिनेमा क्षेत्रका सबै ताजा, रोचक र महत्वपूर्ण अपडेट।
आजको एपिसोड साँच्चै विशेष छ।
हामी कुरा गर्दैछौं:
🎬 ‘रियाल रिङ्गेट’ किन हलबाट हटाइयो?
🌸 ‘बुकी’ फिल्मको रहस्यमयी फर्स्ट लुक के भन्छ?
🏙️ 'क्याप्टेन साब’ले २०३० सालको काठमाडौँ कसरी जिउँदो बनायो?
🎖️ अनि, ‘महानायक’ राजेश हमाललाई किन दिइयो मानार्थ सदस्यता?
📢 यस्ता महत्वपूर्ण र सिनेमामा परिवर्तन ल्याउने विषयमा विस्तृत विश्लेषण हेर्न,
भिडियो अन्तिमसम्म हेर्नुहोस्। ra chanel ma naya hunuhunchha bhane subscribe garna pani nabhulnu hola
suru garau aajaka rochak prasanga haruko sirsak bata
रियाल रिङ्गेट’ हलहरूबाट हटाइँदै — राम्रो फिल्म पनि किन देखाइएन दर्शकलाई? निर्माता आक्रोशित!
🔴 ‘बुकी’ फिल्मको रहस्यमयी फर्स्ट लुक — महिला खेलाडी, हिमाली कुहिरो र मौन सन्देश
🔴 ‘क्याप्टेन साब’ले जिउँदो बनायो २०३० सालको काठमाडौँ — फिल्म सेट कि इतिहास संग्रहालय?
🔴 ‘महानायक’ राजेश हमाललाई चलचित्र कलाकार संघको विशेष सम्मान — किन दिइयो मानार्थ सदस्यताab sine khabar haru lai bistrit rupama bujhau
सोमबारदेखि ‘रियाल रिङ्गेट’को प्रदर्शन स्थगित हुने, कारण के हो ?
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रियाल रिङ्गेट’ले प्रदर्शन स्थगित गर्ने भएको छ । निर्माण पक्षले सोमबारदेखि नेपालभरका सबै हलमा चलचित्रको प्रदर्शन स्थगित गर्न लागेको हो ।हलले चलचित्रलाई राम्रो शो नदिएको कारण प्रदर्शन स्थगित गर्न लागेको निर्माण संस्था रेबेल फिल्मस प्रा.लिले आइतबार विज्ञप्ति मार्फत जानकारी दिएको छ ।‘दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त हुँदाहुँदै र हललाई बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शोको बारेमा बेवास्ता गरिएको कारणले हामीले प्रदर्शन स्थगित गर्ने जस्तो कठोर निर्णय लिन बाध्य भयौँ’ विज्ञप्तिमा भनिएको छ । चलचित्र स्थगितको निर्णयबाट उत्पन्न असुविधाप्रति दर्शक समक्ष निर्णय पक्षले क्षमा समेत मागेको छ । विभोर पोखरेल निर्देशित ‘रियाल रिङ्गेट’ले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई चलचित्रमा देखाइएको छ ।
चलचित्रमा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको पनि अभिनय छ ।
फष्ट लुक्समा यस्तो देखियो फिल्म ‘बुकी’
फिल्म ‘बुकी’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ । लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल खेलिरहेका छन् । भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेका छन् कि भने अनुमान गर्न सकिन्छ । निर्माण पक्षले यस विषयमा केही बताएको छैन ।मोहन केसी निर्देशित फिल्म हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो । बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छन् । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । फिल्मले खेलकुद तथा प्रकृति बिचको सम्बन्धको कथा बताइन्छ ।फिल्मको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी हुन् । लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिम्सिना, गानु जोशी, अनु दाहाल, सन्दीप बाबु लोहनी, निशा बजगाईँ लगायतको अभिनय छ ।विकास गन्धर्व डीओपी रहेको फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन छ । ‘बुकी’को छायाङ्कन काठमाडौँ, पोखरा, बागलुङको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो । फिल्मको प्रदर्शन मिति तय हुन बाँकी रहेको छ ।
वि.सं. २०३० को काठमाडौँ देखिने सेट बनाएर तीनकुनेमा ‘क्याप्टेन साब’को छायाङ्कन
दीपेन्द्र.के खनाल निर्देशित फिल्म ‘क्याप्टेन साब’को काठमाडौँको तीनकुनेमा छायाङ्कन भइरहेको छ । फिल्मको विक्रम संवत् २०३० र ४० को काठमाडौँ कस्तो थियो भन्ने देखाउने भव्य सेट बनाएर छायाङ्कन भइरहेको छ । सेटमा विसं २०३० र ४० को काठमाडौँमा भएका शैलीका घर निर्माण गरिएको छ । ‘काठमाडौँको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ । त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौँ’, निर्देशक खनालले भने, ‘त्यो बेलाको काठमाडौँ कस्तो थियो भन्ने देखाउन त्यही अनुसारको कष्ट्युम डिजाइन गरेका छौँ ।’ पब्लिककले चिट गरेजस्तो थाहा नहुने गरेर काम गरिरहेको उनले सुनाए ।सेटको तस्बिरमा एकै खालका सेता र पुराना घर, सडकमा पुराना सवारी साधन, खर्पन र डोकोमा व्यापार गरिरहेका नेवार समुदाय, सडकमा रहेका व्यक्तिको कष्ट्युम पनि ३० र ४० को दशकका मानिसले पहिरिने पहिरन जस्तै देखिएको छ ।‘जुन कालखण्डको कथा हामी भन्दैछौँ, त्यही समय देखाउने हाम्रो प्रयास हो । हाम्रो बजेट र शिल्पले भ्याएसम्म हामीले गर्ने प्रयास गरिरहेका छौँ’, निर्देशक खनालले थपे ।‘क्याप्टेन साब’को गत शनिबार (श्रावण १०)देखि छायाङ्कन सुरु भएको छ । काठमाडौँपछि फिल्मको छायाङ्कन काभ्रेको धुमखर्क, बेथानचोक चितवन र वीरगञ्जमा हुनेछ ।‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी पनि हुन् । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइलीको मुख्य भूमिका छ । फिल्मको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित हुन् ।
राजेश हमाललाई चलचित्र कलाकार संघको मानार्थ सदस्यता
चलचित्र कलाकार संघले अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरेको छ । संस्थाका अध्यक्ष मोहन निरौलाले हमाललाई सदस्यता पत्र प्रदान गरे ।हमाल यसअघि साधारण सदस्य रहेपनि उनले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाले पुनः विशिष्ट सदस्यता प्रदान गरेको अध्यक्ष निरौलाले जानकारी दिए ।सदस्यता हस्तान्तरण गर्ने क्रममा निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, महासचिव सविन श्रेष्ठ, निर्देशक समाजका सचिव देवेन्द्र पाण्डे पनि उपस्थित थिए ।नेपाली चलचित्रको विकास विस्तारका लागि राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा पुर्याएको योगदान, समर्पण र साधनाका लागि मानार्थ सदस्यता प्रदान गरिएको अध्यक्ष निरौलाले बताए ।पत्र ग्रहण गर्दै हमालले सदस्यता प्रदान गरेकोमा संघलाई धन्यवाद दिए । संघले अहिलेसम्म ४० जनालाई मानार्थ सदस्यता प्रदान गरेको छ । अभिनेत्री मनिषा कोइरालालाई पनि मानार्थ सदस्यता प्रदान गरिएको छ ।राष्टिय अन्तर्राष्टिरुपमा ख्यातिप्राप्त विशेष र लब्ध प्रतिष्ठित व्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्ने मापदण्ड रहेको कलाकार संघले जनाएको छ ।संघले आफ्नो स्थापना दिवसको अवसरमा भदौ २१ देखि २३ गतेसम्म विविध कार्यक्रम आयोजना गरेको छ ।
आजको Cinema Nepal को यो विशेष एपिसोडमा यत्ति नै।
यदि तपाईं नेपाली सिनेमा प्रेमी हुनुहुन्छ भने —
Like, Share र Subscribe गर्न नबिर्सनुहोस्।
तपाईंको साथ, सुझाव र प्रतिक्रियाले हामीलाई अझ उत्कृष्ट बनाउँछ।
म बलकृष्ण खनाल, बिदा लिन्छु।
भोलिको अर्को रोचक अपडेटसम्मका लागि —
Cinema Nepal, presented by Sangam Film and Production House।
Comments
Post a Comment