"नेपाली समाज र नेपाली फिल्मजगत हरेक संवेदनशील घडीमा आफ्नो आवाज बुलन्द गर्दै आएको छ। कलाकारहरूको आवाज केवल मनोरञ्जनमा होइन, राष्ट्र निर्माणमा पनि मार्गदर्शक बन्न सक्छ भन्ने विश्वासका साथ हामी सुरु गर्दैछौँ — Cinema Nepal। म बलकृष्ण खनाल।"
दीपकराज गिरी भन्छन्– सबैको विचारको प्रतिनिधित्व अहिलेको आवश्यकता
कलाकार दीपकराज गिरीले सबैको विचारको प्रतिनिधित्व हुनेगरी अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।‘जेनजीको आन्दोलनले सफलता पाए पनि उसको चाहना विपरीत यति ठुलो भौतिक र मानवीय क्षति हुन पुगेको छ, त्यसको कारण त्यहाँ अनेकौँ स्वार्थ समूहको घुसपैठ पनि भएको देखिन्छ ! प्राप्त भिडियोहरूको प्रमाणले पनि त्यस्तै भन्छ !’उनले अगाडि भनेका छन्- ‘ठिक त्यसै गरेर अहिले पनि त्यस्तै प्रकारको भिन्न भिन्न समूहहरूबाट मिसलिडिङ हुनुपर्ने खतराबाट बच्नुपर्ने अवस्था छ जेनजी ।’ उनले त्यस्ता समूहले आ–आफ्ना स्वार्थ अनुसार गलत सल्लाह दिएर देशलाई ठुलो द्वन्द्वमा धकेल्न सक्ने बताएका छन् ।‘भ्रष्टाचार तथा सुशासनलगायतका प्रमुख मागहरू सम्बोधन हुने प्रत्याभूति सहित भबिष्यमा राष्ट्रिय एकता पनि कायम हुने गरेर सबैको बिचारको प्रतिनिधित्व हुने गरी अघि बढ्नु नै आजको आवश्यकता हो जस्तो लाग्छ !’, उनले थपे- ‘यसका लागि नागरिक समाजले पनि अघि बढेर सहयोग गर्नुपर्ने देखिन्छ ।’
गायिका कोमल वलीको दुखेसो, ‘पसिना र ऋणसँगै उभिएको सपना खरानी भयो’
गायिका कोमल वलीले आफ्नो आत्मसम्मान र देशप्रतिको माया खरानी बनाउन कसैले नसक्ने बताएकी छन् । जेनजी आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरूलाई कहिल्यै भलो नहुने उनको भनाई छ । उनले जेनजीको आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गरेकी छन् । उनले आन्दोलनमा निर्दोष नानीबाबुले अनाहकमा ज्यान गुमाउँदा आफ्नो छाती चिरिएको र त्यो पीडा बोकेर बाँचिरहेको स्पष्ट पारेकी छन् ।‘सेवा मूलक सानो होटल सञ्चालन गरेर गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने, सबैलाई सँगसँगै समृद्धिको बाटोमा अघि बढाउने सपना थियो मेरो कोमल होटल खोल्दा। म तुलसीपुरका पाँचतारे होटल वा अन्य होटलसँग प्रतिस्पर्धा गर्ने होइन तर प्राकृतिक सौन्दर्यले गर्दा आम जनताको नजरमा परेका रहेछौँ’, उनले अगाडि भनेकी छन् ‘यो होटल मेरो मात्र नभई गाउँको रगत–पसिनासँग जोडिएको थियो । बीस वर्षअघि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा आज मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाइयो ।’‘मेरो जीवन तपाईँहरूले देखिरहनुभएको छ, म हुँदाखाने परिवारको हुँ सामान्य तर इमानदार । बाल्यकालदेखि नै खेलाडी र गायिका बनेर प्रतिभा देखाएँ । गीत गाएरै छात्रवृत्ति पाएँ, कक्षा १० सम्म पढेँ र आफ्नो अध्ययनलाई निरन्तरता दिएँ’, उनी अगाडि थप्छिन् ‘गीत गाएर रेडियो नेपालमा पुरस्कृत भएँ, समाचार वाचनमा आदर्श बन्ने अवसर पाएँ । देश–विदेशले मेरो स्वरमार्फत नेपाललाई चिनाए । करिब १८ वर्ष रेडियो नेपालमा सेवा गरेर राजनीति रोजेँ, सेवामुखी जीवन बिताउने सङ्कल्पसहित । २०७४ सालमा राष्ट्रिय सभामा सांसद निर्वाचित भई चार वर्षे कार्यकालभर सकेसम्म सबैको सेवा गरेँ ।’ उनले आफ्नो जीवन ईमान र निष्ठामा अडिएको र कहिल्यै भ्रष्टाचार नगरेको स्पष्ट पारेकी छन् ।
कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘नागरिकको चाहना बुझ्ने नेता चुनिनुपर्छ’
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अब देशका लागि नेता नागरिकको चाहना बुझ्ने चुनिनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै उनले भ्रष्टाचारी थुनिनुपर्ने धारणा समेत अगाडि सारेका छन् ।‘देश र समयले अहिले परिवर्तन चाहिरहेको छ । ५० वर्ष पहिलेका युवाहरू भन्दा अहिलेका युवाहरू धेरै शिक्षित र बौद्धिक छन् । समय अनुसार नहिड्नेहरुलाई समयले छोडिदिन्छ भन्ने कुरा त हामी सबैले प्रस्टैसँग देख्यौँ’, उनी अगाडि भन्छन् ‘हामीले आफ्नो समयमा समयले अह्राएको कामहरू गर्यौँ । अबको यो समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने प्रस्टै छ किनभने समयको प्रतिनिधित्व युवाहरूले गरेको हुन्छ ।’युवाहरूको माग नै समयको माग भएको धारणा राख्ने श्रेष्ठ थप्छन्, ‘राखेका श्रेष्ठले युवा शक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालका जेनजीको एकताले संसारलाई देखाइदिए । अबको समय हामी संयम भएर संसार भरि छरिएर बसेका नेपालीहरू समेत एकजुट भएर हाम्रा अमूल्य भौतिक संरचनाहरूलाई जोगाउने, संरक्षण गर्ने, पुन निर्माण गर्ने र भ्रष्टाचार रहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने बिन्दुमा आइपुगेका छौँ ।’
अस्ट्रेलियामा राजेश हमालले गरे जेनजीलाई सम्बोधन : संयमित बन्न आग्रह
अभिनेता राजेश हमाल अस्ट्रेलियाको सिड्नीस्थित स्ट्रयाथफिल्डमा जेन जीद्वारा आयोजित ऐक्यबद्धता तथा श्रद्धाञ्जली सभामा सहभागी भएका छन् । ठुलो सङ्ख्यामा भेला भएका युवाहरूलाई सम्बोधन गर्दै हमालले नेपालमा जेनजीले गरेको साहसको प्रशंसा गरे । उनले भने, ‘जेनजी माथि भएको सरकारी दमन राज्यको अपराध र इतिहासकै दुःखद घटना हो ।’ अहिले जेनजीले गरेको आन्दोलन तत्कालको आक्रोश मात्रै नभएर वर्षौंदेखिको असन्तुष्टि र गुनासो विस्फोट भएको पनि उनले बताए । हमालले आन्दोलन राष्ट्रका लागि र परिवर्तनका लागि भएकाले राष्ट्रिय सम्पत्तिमा क्षति नगर्न र संयमता अपनाउन पनि आग्रह गरे । राष्ट्रिय सम्पत्ति नेताको निजी सम्पत्ति नभएको जनताकै सम्पत्ति भएकोले त्यसको रक्षा गर्नुपर्नेमा उनले जोड दिए । हामी सबैलाई हाम्रो राष्ट्र, हाम्रो सम्पत्ति, हाम्रो पूर्वाधार प्यारो छ, भोलि युवाहरू नेतृत्वमा आउँदा पनि चाहिने त्यही पूर्वाधार हो, त्यसैले आन्दोलनको उद्देश्य र मर्मलाई शान्तिपूर्ण रूपमा अघि बढाऔँ, उनले थपे ।
"कलाकारहरू केवल पर्दामा मात्र होइनन्, समाज परिवर्तनका यात्रामा पनि अगाडि उभिन्छन् भन्ने सन्देश यिनै अभिव्यक्तिहरूले दिन्छन्।
हामी सबैको साझा घर हो नेपाल, त्यसैले सुशासन, समानता र न्यायका लागि उठेका आवाजलाई सही दिशा दिन हामी सबै जिम्मेवार छौँ।
यही सन्देशका साथ आजको Cinema Nepal समापन गर्दैछु म बलकृष्ण खनाल,
पुनः भेटौंला अर्को एपिसोडमा, यही च्यानल — Sangam Film & Production House मा।
धन्यवाद।"
हामी सबैको साझा घर हो नेपाल, त्यसैले सुशासन, समानता र न्यायका लागि उठेका आवाजलाई सही दिशा दिन हामी सबै जिम्मेवार छौँ।
यही सन्देशका साथ आजको Cinema Nepal समापन गर्दैछु म बलकृष्ण खनाल,
पुनः भेटौंला अर्को एपिसोडमा, यही च्यानल — Sangam Film & Production House मा।
धन्यवाद।"
Comments
Post a Comment