"गत वर्ष दशैंको छेको पारेर प्रदर्शन भएको चलचित्र ‘१२ गाउँ’ ले घरेलु बक्स अफिसमा २० करोड हाराहारी ग्रस कलेक्सन गरेर अभिनेता समीर भट्टलाई रातारात स्टार बनायो। तर, के तपाईंलाई थाहा छ, यिनै समीरको दोस्रो चलचित्र ‘बलिदान’ प्रदर्शनमा आउँदा उनी प्रचारप्रसारमा किन नदेखिनु भएको छ?"
"फूलपातीको अवसरमा प्रदर्शनमा आउँदै गरेको ‘बलिदान’ बाहेक ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पनि प्रदर्शन हुँदैछन्। तीनै चलचित्र अहिले व्यापक प्रचारप्रसार गर्दै छन्। तर, समीर भट्ट अहिलेसम्म प्रचारप्रसारमा नदेखिएका छन्।
म तपाईंहरुलाई ‘Cinema Nepal’ मा, म Bal Krishna Khanal, यो रहस्यपूर्ण विषयमा जानकारी दिनेछु। यो हाम्रो च्यानल ‘Sangam Film and Production House’ मा मात्र विशेष अपडेट हो।"
अहिले उनै समीरको दोस्रो चलचित्र ‘बलिदान’ यही फूलपातीबाट प्रदर्शनमा आउँदैछ । फूलपातीमा ‘बलिदान’को अलवा ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ समेत प्रदर्शन हुँदैछन् । तीनैवटा चलचित्रले अहिले व्यापक रुपमा प्रचारप्रसार गरिरहेको छ ।
तर, अभिनेता समीर भने अहिलेसम्म प्रचारप्रसारमा निस्किएका छैनन् । आफ्नै चलचित्रको प्रचारप्रसारमा किन निस्किएका छैनन् त समीर ? समीर निकट स्रोतका अनुसार यसपटक समीर कुनै पनि मिडियालाई सिंगल अन्तर्वार्ता दिने मनस्थितिमै छैनन् ।
साथै, समीर अहिले भारतमा कठोर मेहेनतका साथ अभिनय सिक्दै छन्। विभिन्न प्रशिक्षण र अभिनय तालिममा सहभागी भएर उनी आफ्नो क्षमता अझ बलियो बनाइरहनुभएको छ।
स्रोतले भने, ‘एउटा मिडियालाई दिएपछि अरु मिडियालाई पनि अन्तर्वार्ता दिएर हिँड्नुपर्छ । नत्र उनीहरु रिसाउँछन् । कसैलाई खुसी र कसैलाई दुखी बनाउनुभन्दा अन्तर्वार्ता नै नदिँदा ठिक हुने मनस्थितिमा उहाँ हुनुहुन्छ ।’
स्वभावले रिजर्भ बस्न रुचाउने समीर मिडियामा एकदमै पातलो रुपमा देखिने गरेका छन् । अहिलेसम्म समीरको एकाँध अन्तर्वार्ता मात्रै सार्वजनिक भएका छन् ।
यसपटक मिडियालाई अन्तर्वार्ता नदिनुको पछाडि सायद जिब्रो चिप्लिएर विवादमा परिन्छ कि भन्ने पनि हुनसक्छ । अनेक खालका प्रश्नहरुको सामना गर्नुपर्दा धेरै कलाकारहरु जानअन्जानमा विवादमा फसेका उदाहरण प्रशस्तै छन् । यही कारण समीरले अन्तर्वार्ता दिनमा रुचि नदेखाएको हुनसक्छ ।
"अब हामी दर्शकको दृष्टिबाट हेर्ने हो भने, ‘बलिदान’ प्रदर्शनमा आएसँगै समीरको अभिनय र कथाको वास्तविक शक्ति मापन हुने छ।
तपाईंलाई के लाग्छ, के समीरको मौनता उनलाई अझै रहस्यमय बनाउने छ, या प्रचारप्रसारमा नदेखिनुले चलचित्रलाई असर पुर्याउने छ?
तपाईंको विचार कमेन्टमा साझा गर्नुहोस्, र हाम्रो च्यानल Sangam Film And Production House लाई सब्सक्राइब गर्न नभुल्नुहोस्, ताकि हाम्रा ताजा चलचित्र अपडेट तपाईंको मोबाइलमा सिधै पुगिरहोस्।"
Comments
Post a Comment