आज आइतबार।
हलहरूमा भयानक भिडन्त hune दिन।एकातिर होलिउडको अवतार, अर्कोतिर
त्यसैबीच संघर्षरत झरीपछिको इन्द्रेणी,
र ५२ औँ दिनमा पनि टिकिरहेकै परान।
कुन फिल्मले दर्शक तान्दैछ ?
कुन फिल्मले हार स्वीकार्दैछ ?
र कसको कमाइले इतिहास बनायो ?
सबै तथ्य र ताजा अपडेट लिएर आजको Cinema Nepal सुरु गर्दैछौँ।
नमस्कार दर्शकवृन्द,
म हुँ बल कृष्ण खनाल,
तपाईं हेर्दै हुनुहुन्छ Cinema Nepal।
यदि भिडियो उपयोगी लाग्छ भने
अन्त्यसम्म हेर्नुहोस्,
च्यानलमा नयाँ हुनुहुन्छ भने Subscribe गर्नुस्
र Bell Icon थिच्न नबिर्सिनुहोला।
अब सुरु गरौँ
अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित
चलचित्र ‘झरीपछिको इन्द्रेणी’ बाट।
तेस्रो दिन आइपुग्दा पनि
फिल्मले सोचेजस्तो व्यापार गर्न सकेको छैन।
अब त यो फिल्म
पत्तासाफ नै हुने हो कि ?
भन्ने डर पैदा हुन थालेको छ।
टेलिभिजनका सुपरस्टार
जिग्री काकु र पाँडे को जोडीले बनाएका
धेरै चलचित्रमध्ये
केवल काकु केन्द्रित फिल्म मात्रै सफल हुने ?
कि दर्शकले
यी कलाकारलाई
टेलिभिजनमै फर्किन संकेत गरेका हुन् ?
यस्ता प्रश्न उठ्न थालेका छन्।
तेस्रो दिनसम्म आइपुग्दा पनि
करोडको नजिक पुग्न नसक्नु
फिल्मका लागि ठूलो झट्का हो।
उता
भारतीय चलचित्र ‘धुरन्धर’
र
होलिउडको ‘अवतार’
ले त यस्तो दबाब दिए कि
‘झरीपछिको इन्द्रेणी’
उठ्नै नसक्ने गरी थिचिएको छ।
आजको दिनदेखि भने
यी छिमेकी फिल्महरू
अलिकति खुट्टा तान्न थालेका संकेत छन्।
तर दुःखद कुरा,
पोखरा, वीरगञ्ज, इटहरी जस्ता शहरमा
‘झरीपछिको इन्द्रेणी’
शो नै पाउन छोडिसकेको छ।
काठमाडौं, बुटवल, दमौलीमा भनेअलि
अलि Advance Booking देखिएको छ।
अब सोमबार–मंगलबार पनियस्तै रह्यो भने
फिल्मले
“भन्न पनि नपाउने”
अवस्थाको सामना गर्नुपर्ने संकेत देखिन्छ।
Comments
Post a Comment