नमस्कार दर्शक महानुभावहरू,
नेपाली सिनेमा केवल मनोरञ्जन मात्रै होइन,
यो आँकडाको खेल पनि हो,
जो कहिले आशा देखाउँछ,
कहिले कठोर यथार्थ !

आजको Cinema Nepal मा
हामी कुरा गर्दैछौँ—

👉 प्रदीप खड्काको बहुप्रतीक्षित फिल्म ‘एक्लो’ किन दोस्रो सातामै सुस्तायो ?
👉 फागुन १ मा किन फिल्मको भिड नै भिड ?
👉 ‘गोबर गणेश’ ले कसरी जित्दैछ दर्शकको मन ?
👉 र सबैभन्दा ठूलो परिवर्तन—
अब सेन्सर बोर्डले फिल्ममा कैँची नचलाउने ?

पूरा विश्लेषण, तथ्यसहित,
अन्तिमसम्म हेर्नुहोला ।

प्रदीपको फिल्म ‘एक्लो’ दोस्रो सातामा : कति गर्‍यो कमाई ?

अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘एक्लो’ ले दोस्रो साता एकदमै न्यून व्यापार गरेको छ । पहिलो साता ४३ लाख २५ हजार ४ सय ९८ ग्रस कमाई गर्न सफल भएको फिल्मले दोस्रो साता ३ लाख हाराहारीको व्यवसाय गरेको छ ।चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको फिल्मको गत शनिबार सम्मको बक्स अफिस रिपोर्टमा फिल्मले अहिलेसम्म ४६ लाख ९५ हजार १८३ ग्रस कमाई रहेको छ । यो अवधिमा फिल्मको टिकट भने १४ हजार २ सय ५५ वटा मात्र बिक्री भएको छ ।

गत १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आएकाे यो फिल्म नेपालमा बनेको पहिलो साइन्स फिक्सन फिल्म हो । प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता खड्काको अलावा विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय छ ।बेलायती अभिनेता जेमी बेकनको समेत फिल्ममा अभिनय देख्न सकिन्छ । एनआरएन समूहको लगानीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।

फागुन १ मा थपिए ‘बिगुल’ र ‘श्री बुकुरो’

आगामी फागुनको पहिलो साता प्रदर्शनमा आउने फिल्मको थुप्रो लागेको छ । ३ गते महाशिवरात्रि, ६ गते ग्याल्पो ल्होछार र ७ गते प्रजातन्त्र दिवसको बिदा परेको यो साता शनिबार सहित ४ दिन सार्वजनिक बिदा पर्छ । त्यसैले यो मितिका लागि पहिले नै तीन फिल्म ‘लालीबजार’, ‘कल्ली’, ‘शिवांश’ले प्रदर्शन मिति तोकेर बसेका छन् । यो मितिमा अब दुई नयाँ फिल्म थपिएको छ । फिल्म हुन् ‘बिगुल’ र ‘श्री बुकुरो’ । यी थपिएका दुई फिल्मले सोमबार मात्र यो मितिमा प्रदर्शन हुने घोषणा गरेका हुन् ।‘श्री बुकुरो’ले एक स्केच पेन्टिङ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पारिवारिक कथाको संकेत गर्ने पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ ।

फिल्म सुदीप भुपाल सिंहले निर्देशन गरेका हुन् । पछिल्लो समय सामाजिक पारिवारिक फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेकाले ‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथालाई पनि दर्शकले रुचाउने निर्माण पक्षको बिश्वास रहेको छ ।फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रश्मी भट्ट लगायतको अभिनय छ । निर्देशक सिंह स्वयंको लेखन रहेको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।‘बिगुल’ आगामी ९ गते शुक्रबारबाट सरेर फागुन १ मा पुगेको हो । फिल्म यही मितिमा देशब्यापी प्रदर्शनमा आउने कथाकार तथा निर्माता दिनेश कोइरालाले बताए ।रमेश कोइरालाको निर्देशन रहेको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डितको पनि मुख्य भूमिका छ । फिल्मले देशको वर्तमान राजनैतिक कथा उठाएको छ । 

दर्शकको प्रतिक्रिया बुझ्न हलमा बल्छी ध्रुवे र पुक्कु

माघ १ गतेबाट प्रदर्शनमा आएको फिल्म हो ‘गोबर गणेश’ । फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्मको वर्ड अफ माउथ राम्रो भएपछि निर्माण टिम दर्शक प्रतिक्रिया लिन हल हलमा पुगिरहेका छन् ।फिल्मका निर्देशक कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुर्बे’, अभिनेत्री पूजन घिमिरे, वर्षा शिवाकोटी लगायतका कलाकार हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् । उनीहरुले उपत्यकाको अष्टनाराय हल, ललितपुरको लबिङ महल र बिग सिनेमा लगायतमा पुगेर फिल्मको बारेमा प्रतिक्रिया दिएका हुन् ।

शो क्रममा दर्शकले फिल्मको कथा आफ्नो जस्तै लागेको बताएका निर्देशक श्रेष्ठले जानकारी दिए । ‘हाम्रो आफ्नै घरको कथा फिल्ममा पाएको भनेर दर्शक खुसी मानेका छन्’, श्रेष्ठले भने ‘रिलिज अगाडि निकै डर थियो । अहिले दर्शकको प्रतिक्रियाले थप काम गर्न हौसला मिलेको छ ।’अभिनेत्री पुजन घिमिरेले दर्शकबाट नसोचेको साथ पाउँदा उत्साहित भएको बताइन् । ‘मलाई त ठुलो पर्दाको बारेमा धेरै ज्ञान थिए’, उनले भनिन् ‘ठुलो पर्दामा छाउँदा बेग्लै किसिमको सन्तुष्टि मिल्दो रहेछ ।’बल्छी ध्रुवे फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बल्छी ध्रुर्बे र जसजनको अलवा वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ । 

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधि : अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । फिल्मको सेन्सरमा फिल्म काँटछाँट भन्दा पनि वर्गीकरणलाई जोड दिने गरेर यो कार्यविधि ल्याइएको हो । अब सेन्सरले फिल्मको सेन्सर गर्दा कुन समूहका दर्शकले हेर्न पाउने वर्गीकरणमा जोड दिनेछ । कार्यविधिको बुँदा नम्बर ५ मा वर्गीकरणको विषय समेटिएको छ । जसमा भनिएको छ, ‘समितिले चलचित्रको विषयवस्तु, संवाद, दृश्य तथा बालबालिका एवं किशोर किशोरीको मनोस्वास्थ्यलाई चलचित्र प्रयोग भएका हिंसा, यौन, नग्नता, लागुपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य र कथाको मूल थिम समेतलाई मध्यनजर गरि चलचित्र हेर्न दर्शकको उमेर समूह लक्षित वर्गीकरण गरी चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न देहाय बमोजिमको लोगो अङ्कित प्रमाण पत्र दिनुपर्नेछ ।’ 

यसै बुँदाको क, ख ग र घमा फिल्मको वर्गीकरण गरिएको छ । चलचित्र सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउन ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ ल्याइएको सेन्सर बोर्ड सदस्य सम्पन्न श्रेष्ठले बताए ।‘सेन्सर बोर्डमा अहिले अध्यक्ष, विज्ञदेखि सबै समितिका सदस्य नयाँ छन् । हामीले सुरुदेखि नै फिल्मको सेन्सरमा सहज गर्दै आएका छौँ’, श्रेष्ठले भने ‘अब सेन्सरले फिल्म वर्गीकरणमा जोड दिनेछ ।’समितिले ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ मा पुसदेखि लागु भएको ‘चलचित्र जाँच सम्बन्धी कार्यविधि २०८२’ को सातौँ  बुँदामा रहेको ‘समितिले चलचित्र जाँच गरि प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’लाई पनि हटाएको छ ।केहीअघि ल्याएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’का केही बुँदामा विवादित बनेपछि समितिले नयाँ कार्यविधि ल्याएको हो ।

दर्शक महानुभावहरू,
आजको Cinema Nepal यहीसम्म ।

फिल्म हिट हुनु
नामले होइन,
कन्टेन्टले हो भन्ने
उदाहरण फेरि एकपटक
हाम्रो सामु आएको छ ।

तपाईंको विचार के छ ?
‘एक्लो’ को असफलता,
फागुन १ को भिड,
वा सेन्सर बोर्डको निर्णय—

👇 कमेन्टमा लेख्नुहोस् ।

यदि तपाईंलाई
नेपाली सिनेमा सम्बन्धी
यस्तै तथ्यपूर्ण, निष्पक्ष र गहिरो विश्लेषण
मन पर्छ भने—

👉 Sangam Film and Production House
च्यानललाई
Subscribe गर्न नबिर्सनुहोस्

👍 भिडियो मन परे
Like गर्नुहोस्
🔔 Bell Icon थिच्नुस्

🎬 Cinema Nepal
साथै रहिरहनुहोस् ।

म थिएँ
बलकृष्ण खनाल,
भेटौँला
अर्को Cinema Nepal मा ।

धन्यवाद । 🙏

Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

चलचित्रमा गीत-संगीतको महत्त्व

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती