निर्वाचनको सरगर्मी बढ्दै जाँदा
अब बहस मैदानभन्दा मञ्चमा सरेको छ।
प्रमुख दलका शीर्ष नेताहरूबीच
‘पब्लिक डिबेट’ हुनुपर्ने विषयले
नेपाली राजनीति तातेको छ।

एकातिर नेकपा एमालेका अध्यक्ष
तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली,
अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता
बालेन शाह
ओली बहसका लागि तयार…
तर बालेन किन अस्वीकार गर्छन्?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
सार्वजनिक बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेपछि
काठमाडौं–झापा ५ बाट ओलीसँग
चुनावी प्रतिस्पर्धामा उत्रिएका
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले
ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत
ओलीले लेखेका छन् –

“देश बनाउने र देश जलाउने शक्तिबीच
प्रतिस्पर्धा भइरहेको छ।
सामाजिक सञ्जालमा फ्रेमिङ गरेर
वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेको छ।
देशको नेतृत्व गर्न खोज्ने दलका एजेण्डा,
विगतका काम र भविष्यको रोडम्यापबारे
आमनेसामने बहस हुनु सकारात्मक छ।”

ओलीले थप भनेका छन् –

“यसपाली प्रधानमन्त्रीको उम्मेदवार बनेका
सबै पक्षलाई एउटै मञ्चमा ल्याएर
सिधा प्रश्न सोध्न र
आफ्ना एजेण्डा प्रस्तुत गर्न म तयार छु।
यस्तो पब्लिक डिबेट आयोजना गर्न

आयोजकहरूलाई आग्रह गर्दछु।”

ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै
मेयर बालेन शाहले
ओलीकै स्टाटसमा कमेन्ट गर्दै
बहस बहिष्कार गर्ने घोषणा गरेका छन्।

बालेन लेख्छन् –

“आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ।
२३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन
२४ गते जलाएको हो।
आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने हो?”

अझै अगाडि थप्दै बालेन भन्छन् –

“७६ जना बच्चाको हत्यारा र
उसको मतियारसँग एउटै मञ्चमा उभिनु
भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।
त्योपछि अरू कुरा गरौँला।”

ओली बहसलाई लोकतान्त्रिक अभ्यास भन्छन्,
बालेन भने यसलाई नैतिकताको प्रश्न ठान्छन्।
यसरी,
पब्लिक डिबेटको बहसले
अब राजनीति मात्र होइन,
नैतिकता र जवाफदेहिताको बहस पनि खोलिदिएको छ।

अब प्रश्न उठ्छ –
नेपाली जनताले बहस रोज्छन्,
कि बहस अस्वीकार गर्ने कारण?

तपाईंको विचार के छ?

कमेंटमा लेख्नुस्। 

Comments

Popular posts from this blog

नेपाली चलचित्र उद्योगले २०२५ मा विविध विषयवस्तु र शैलीका नयाँ चलचित्रहरू प्रस्तुत गर्दैछ। यहाँ आगामी वर्षमा प्रदर्शनमा आउने केही प्रमुख नेपाली चलचित्रहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ:

चलचित्रमा गीत-संगीतको महत्त्व

निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती