नमस्कार दर्शकवृन्द 🙏
आज नेपाली बक्स अफिसले सबैलाई चकित बनाएको छ!
जहाँ ठूला स्टारका फिल्महरू संघर्ष गरिरहेका छन्,
त्यहीँ एउटा टिभी कमेडियनको डेब्यू फिल्मले करोड नाघेको छ! 😲
👉 आजको Cinema Nepal मा
४ नेपाली फिल्मको बक्स अफिस रिपोर्ट,
‘आ बाट आमा’ सेन्सर पास,
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’,
र बल्छी धुर्बेको विदेश टूर प्लान!
यो भिडियो अन्तिमसम्म हेर्नुहोस्! 🎥
suru garau aajako pahilo prasanga bata

मरिचमान श्रेष्ठ निर्देशित फिल्म ‘गोबर गणेश’ले १ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको यो साताको बक्सअफिस रिपोटमा गोबर गणेशको आम्दानी १ करोड १४ लाख ३५ हजार २०६ रुपैयाँ ग्रस रहेको छ ।
सोही अवधिसम्म फिल्मका ४० हजार २३४ वटा टिकट बिकेका छन् । सिनेपाः बक्स अफिसमा रेकर्ड भएका रिलिज फिल्मका शनिबार अर्थात् १० माघसम्मको कमाइ सार्वजनिक गरिएको हो ।
जसमा अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ले १ करोड २३ लाख ८८ हजार ८२९ रुपैयाँ ग्रस कमाएको छ । यसका ३९ हजार २१७ टिकट बिकेका छन् ।
निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाइरल गोर्खे’ ले भने थोरै ३४ लाख ५३ हजार ७६० रुपैयाँ ग्रस कमाएको छ । यसको १० हजार ६०५ मात्र टिकट बिकेको छ । याम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे ले ३३ लाख ७२ हजार ७१५ रुपैयाँ कमाएको छ । फिल्मको टिकट १० हजार ८१३ वटा टिकट बिकेको छ ।
कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ लाई डेब्यू फिल्मबाटै व्यवसायिक राहत मिलेको छ । फिल्मले दोस्रो सप्ताहन्तसम्म १ करोड १५ लाखभन्दा धेरै कमाइ गरेको छ ।बलियो ‘वर्ड अफ माउथ’ को मद्दतमा फिल्मले आउने सप्ताहन्तमा पनि राम्रै कमाइ गर्ने देखिन्छ । आफू निर्देशित र अभिनित पहिलो फिल्मले नै राम्रो कमाइ गरेपछि बल्छी धुर्बे यतिबेला खुसी छन् ।ठूला स्टार र ब्यानरका भनिएका फिल्मले १ करोड पनि कमाउन नसकिरहेको बेला टिभी श्रृंखलामा रुचाइएका कलाकारको डेब्यू फिल्मले नै करोडभन्दा धेरै कमाइ गरेपछि उनी खुसी भएका हुन् ।
arko khabar chha nepali kathanak chalachitra aa bata aama sensor pass bhayako bare
फिल्म ‘आ बाट आमा’को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति(सेन्सर बोर्ड)ले सोमबार फिल्म हेर्दै युनिभर्सल सर्टिफिकेट (सबैले हेर्न मिल्ने) दिँदै प्रदर्शनका लागि पास गरेको हो ।फिल्मका निर्देशक चन्द्र पन्तले फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने गरेर पास भएको खुसी व्यक्त गरे । फिल्ममा भारतीय अभिनेता प्रदीप रावत, अभिनेत्री बिपना थापा, पल शाह, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली लगायतको अभिनय छ ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा छ । फिल्ममा संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम, कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाको र छायांकन नवराज उप्रेतीको छ ।फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने, क्षितिज ढुंगाना निर्माताका रूपमा रहेका छन् भने कार्यकारी निर्माता करण सिंह रसाली हुन् । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।

tyasaigari darsak brind the blue light film ka barema nirdesak chauhan le naya kura bahir liyar aayaka chhan
निर्देशक बलिराम चौहानले फिल्म ‘द ब्लू लाइट’ले कथाको रूपमा दर्शकले सधैँ सम्झिरहने विषयवस्तु उठाएको बताए । फिल्मको कथा हेर्ने मात्र नभएर मनन गर्ने समेत रहेको उनको भनाई छ ।‘यो एक किसिमले भन्नुपर्दा विशेष फिल्म पनि हो’, रातोपाटीसँग उनले भने ‘मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबिचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास भएको छ ।’
केहीअघि सार्वजनिक ट्रेलरबाट धेरैले फिल्म ‘हरर’ विधाको भएको अनुमान गरेका छन् । तर निर्देशक चौहान फिल्म हरर नभएर मनोवैज्ञानिक ड्रामा–थ्रिलर भएको बताउँछन् । उनी भन्छन्, ‘केही दृश्यहरूले दर्शकलाई डरको अनुभूति भने पक्कै गराउनेछन् ।’

‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । फिल्ममा बेनिशा हमाल र अर्पण थापाको मुख्य भूमिका छ । फिल्मको कथा यिनै दुई पात्रको वरिपरि घुम्ने चौहानले जानकारी दिए । ‘फिल्ममा प्रेम, धोका र बदलाकै विषय नयाँ शैलीमा देख्न सकिन्छ’, उनले भने ।फिल्ममा बेनिशा र अर्पणको अलवा आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको समेत मुख्य भूमिका छ । फिल्ममा बाल कलाकारका रुवमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।स्काइफल पिक्चर्सले प्रस्तुत गरेको फिल्मकशो सह निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् भने कार्यकारी निर्माता छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन छ ।
darsak brind nepali box office ma dhamal gariraheko nepali film gobar ganesh lai laiyar chalachitra ka nirdesak marichman shrestha bides tur ma niskane bhayaka chhan
स्वदेशमा राम्रो कमाइ गरेपछि अब बल्छी धुर्बेको ध्यान विदेशतिर सोझिएको छ । उनी यो फिल्मलाई लिएर विदेश प्रदर्शनको दौडाहामा निस्किने भएका छन् । उनी स्वयम उपस्थित भएर अमेरिका, अस्ट्रेलिया, बेलायत र मध्यपूर्वमा यो फिल्मलाई प्रदर्शन गर्ने तयारी छ ।‘अहिलेसम्म यी मुलुकमा म जाने निश्चित भएको छ । म आफै उपस्थित भएर डायस्पोराका दर्शकसँग फिल्म देखाउँछु’ बल्छी धुर्बेले भने । उनका अनुसार, अहिलेसम्म ती मुलुकमा कुनै व्यक्ति र कम्पनीलाई फिल्मको वितरण अधिकार बेचिएको छैन । यद्यपि, आफ्नो सम्पर्कको आधारमा फिल्म देखाउन लागिएको उनले बताए ।
यसबाहेक बल्छी धुर्बे आफ्ना दुई चर्चित टिभी श्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ लाई समेत छायांकनमा लैजाँदैछन् । आउँदो सातादेखि यी दुई श्रृंखलालाई निरन्तरता दिने उनको तयारी छ ।

“दर्शकवृन्द, तपाईंलाई आजको भिडियो कस्तो लाग्यो?
कृपया आफ्नो सल्लाह, सुझाव र प्रतिक्रिया कमेन्टमार्फत दिन नबिर्सनु होला।
फेरि अर्को एपिसोडमा, अझ फरक र ताजा नेपाली सिनेमा अपडेटहरूसहित उपस्थित हुने वाचा गर्दै,
आजको भिडियोबाट विदा चाहन्छु।
नमस्कार।”
Comments
Post a Comment