केकी अधिकारी फेरि नयाँ प्रयोगमा…
‘बोक्सीको घर’ पछि अब ‘पेट्रोल पम्प’!
निखिल उप्रेती कृषा चौलागाईंको फिल्म ‘पारस’ मा कमब्याक गर्दै…
२५ वर्षपछि ‘नायक’ को सिक्वेल?
र मुन्द्रे जितु नेपाल अब निर्माता बनेर मैदानमा!
👉 आजको Cinema Nepal मा छन् नेपाली र बलिउड फिल्म उद्योगका ठूला अपडेट, ठूला निर्णय र ठूला सपनाहरू।
पूरा भिडियो हेर्नुहोस्, अन्तिमसम्म… 🎥
नमस्कार दर्शक साथीहरू,
स्वागत छ तपाईंहरूलाई Cinema Nepal को अर्को विशेष एपिसोडमा।
म बल कृष्ण खनाल।
यहाँ हामी कुरा गर्छौँ —
नेपाली सिनेमा, कलाकार, निर्माण, संघर्ष, सफलता
र सिधै पर्दा पछाडिका यथार्थ कुराहरू।
आजको एपिसोडमा हामीसँग छन्
चार वटा ठूला फिल्म समाचार,
जसले नेपाली र भारतीय सिनेमा दुबैलाई चलायमान बनाइरहेका छन्।
सुरु गरौँ आजको पहिलो खबरबाट।
‘बोक्सीको घर’ को सफलतापछि ‘पेट्रोल पम्प’ बनाउँदै केकी
केकी अधिकारी र सुलक्षण भारतीको अघिल्लो सहकार्य ‘बोक्सीको घर’ सुपरहिट बन्यो । १० करोड १० लाख ग्रस कमाउँदै यो फिल्म अहिले पनि सर्वकालिन धेरै कमाउने १५ औं नेपाली फिल्म हो ।
केकीको होमप्रोडक्सन फिल्म रहेको सो फिल्मलाई सुलक्षणले निर्देशन गरेका थिए । यी दुईबीच पुनः सहकार्य हुने पक्का भएको छ । मंगलबार केकीले सामाजिक सञ्जालमार्फत आगामी फिल्मको रुपमा ‘पेट्रोल पम्प’ बनाउने घोषणा गरेकी छन् ।
केकीले फेसबुकमा लेखेकी छन्, ‘कलाप्रतिको प्रेम, सिनेमाप्रतिको इमानदारी र कथाप्रतिको गहिरो सम्मानले हामीलाई फेरि एकसाथ बाँध्यो । ‘बोक्सीको घर’ लाई यहाँहरुले दिनुभएको अपार माया, विश्वास र साथले हामीले अझ जिम्मेवार महसुस गरेका छौँ । हामीले नयाँ कुरा सोच्ने, नयाँ प्रयास गर्ने हिम्मत जुटाएका छौँ ।’
उनी अघि लेख्छिन्, ‘त्यही प्रेरणा, त्यही आत्मा र त्यही मिहिनेतका साथ हामी लिएर आउँदैछौँ हाम्रो नयाँ प्रस्तुति ‘पेट्रोल पम्प’ ।
यसपटक पनि यहाँहरुको माया, समर्थन र विश्वासको अपेक्षासहित । पुनः सहकार्यको यो यात्रामा हामी ‘बोक्सीको घर’ टिम एकपटक फेरि एउटै सपना बोकेर अगाडि बढिरहेका छौँ ।’
‘सोसल ड्रामा’ फिल्मको प्रदर्शन २०८३ सालमा हुने जनाइएको छ । फिल्मबारे विस्तृत बताइएको छैन ।
यद्यपी, दर्शकलाई नयाँ स्वाद दिने केकीको प्रतिबद्धता छ । भन्छिन्, ‘हाम्रो पहिलो सिनेमा बोक्सीको घरमा हामीले जसरी नयाँ टेस्ट लिएर दर्शकमाझ आएको थियौँ, त्यस्तै यो सिनेमामा पनि हामी नयाँपन दिने कोसिस गर्नेछौँ ।’
कृषाको ‘पारस’ मा जोडिए निखिल
निर्देशक कृषा चौलागाईं यतिबेला आगामी प्रोजेक्ट ‘पारस’ को निर्माणमा जुटेकी छन् । यतिबेला भक्तपुरको सानोठिमीस्थित उनको फिल्म कम्पनी केपी फिल्म्सको कार्यालयमा प्रि-प्रोडक्सन कार्य धमाधम चलिरहेको छ ।
यस्तोमा, यो फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण अपडेट छ । यो फिल्मको शीर्ष भूमिकामा निखिल उप्रेतीले अभिनय गर्नेछन् । यसको पुष्टि निखिल र कृषा स्वयमले अनलाइनखबरसँग गरे ।
कृषाले निखिलसँग सहमति भैसकेको बताइन् भने निखिलले भने मौखिक सहमति भैसकेको र साइन हुन बाँकी रहेको बताए । ‘कृषाजीसँग यो फिल्म गर्ने मौखिक सहमति भैसकेको छ । मैले मौखिक सहमति गर्नु नै लिखित अग्रिमेन्ट जस्तै हो’ निखिलले भने ।
निखिल यतिबेला घरको फिल्म ‘आचार्य’ को निर्देशनमा ब्यस्त छन् । यो फिल्म छायांकनको अन्तिम चरणमा छ । यसको काम सकिएपछि मात्र ‘पारस’ मा ब्यस्त हुने उनले बताए । कृषाले पनि चाँडै आफूहरू छायांकनमा जाने बताइन् ।
प्रेमकथामा आधारित हुने यो फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । लादियाले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरेका थिए ।
कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो ।
अनिल कपूरले किने ‘नायक’ को राइट, २५ वर्षपछि अहिले सिक्वेल आउने चर्चा
सन् २००१ मा रिलिज भएको अनिल कपूर, रानी मुखर्जी र अमरीश पुरी अभिनित बलिउड फिल्म ‘नायक’ बक्सअफिसमा सुपरहिट बन्यो । यो फिल्म अझैपनि भारतमा एक ‘कल्ट क्लासिक’ हो ।
रिलिजको २५ वर्ष पछि यसको सिक्वेल बन्न सक्ने अड्कलबाजी काटिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता कपूरले यो फिल्मको अधिकार खरिद गरेका छन् ।
बलिउड हंगामाको हालैको रिपोर्टअनुसार, ‘सनम तेरी कसम’ जस्ता हिट फिल्मका निर्माता दीपक मुकुटसँग कपूरले राइट किनेका हुन् । ‘यो फिल्म मुख्य अभिनेता अनिल कपूरको हृदयको धेरै नजिक छ, त्यसैले उनी अधिकार कायम राख्न चाहन्छन् । उनी यसको सिक्वेल पनि बनाउन चाहन्छन्’ विवरणमा भनिएको छ ।
‘उनलाई फिल्मले वर्षौंदेखि दर्शकबाट पाएको मायाको बारेमा राम्ररी थाहा छ र उनी विश्वास गर्छन् कि नायकको विषयवस्तुमा सिक्वेलको सम्भावना छ’ उल्लेख छ ।अनिल कपूर, रानी मुखर्जी, पूजा बत्रा, अमरीश पुरी र परेश रावल अभिनीत फिल्म सन् २००१ मा हिट सावित भयो । यो फिल्म शंकरको साउथ फिल्म मधुवलन (१९९९) को हिन्दी रिमेक थियो ।
साथै, नायक शंकरले निर्देशन गरेको एक मात्र हिन्दी फिल्म पनि । उनले शिवाजी : द बोस, आई, र रोबोट २.० जस्ता ब्लकबस्टर फिल्म पनि निर्देशन गरेका छन् ।
‘नायक’ को सिक्वेल बन्ने कुरा लामो समयदेखि बलिउडमा चलिरहेको छ । सन् २०१३ मा, कपूरले नायकको सिक्वेल ‘नायक रिटर्न्स’ बनाउने रिपोर्ट आएको थियो ।
यद्यपि निर्माताले कुनै आधिकारिक घोषणा गरेनन् । सन् २०१७ मा पनि सिक्वेलको चर्चा चल्यो । त्यतिबेला किवी विजयेन्द्र प्रसादले फिल्मको पटकथा लेख्दै थिए र यसको पोस्ट-प्रोडक्सन सन् २०१७ मा नै सुरु भएको चर्चा थियो ।
‘आइएम जितबहादुर’ बाट फिल्म निर्माणमा मुन्द्रे
चर्चित कलाकार जितु नेपाल ‘मुन्द्रे’ अब फिल्म निर्माता बन्ने भएका छन् । उनले मंगलबार आफ्नो एकल लगानी रहने फिल्म ‘आइएम जितबहादुर’ निर्माणको घोषणा गरेका छन् ।
यो फिल्मलाई केही हिन्दी र बंगाली भाषाका फिल्म निर्देशन गरेका शुभेन्दु घोषले निर्देशन गर्नेछन् । भारतको कोलकाता निवासी घोष लामो समयदेखि मुम्बईमा बस्दै आएका छन् ।
घोषकै कथा रहेको फिल्मको शीर्ष भूमिकामा जितु स्वयम देखिनेछन् । अन्य कलाकारको कास्टिङ प्रक्रिया सुरु भएको जानकारी उनले दिए । एक नेपाली कलाकारको संघर्ष र सफलताको कथावस्तुमा फिल्म बन्न लागेको हो ।
यो फिल्मको आंशिक भाग जितु स्वयमको जीवन संघर्षमा पनि आधारित हुनेछ । ‘यो नेपाली परिवेशकै कथा हो’ उनले भने, ‘दर्शकले मेरो संघर्षका दिनको कथालाई पनि यहाँ पाउनुहुनेछ । अलिकति मेरो जीवनको संघर्षसँग पनि मिल्छ ।’
निर्देशक घोषलाई आफूले लामो समयदेखि चिनेको र फिल्म बनाउने बारे लामो समयदेखि कुराकानी भैरहेकाले पनि सहज भएको जितुले बताए । ‘सुरुदेखि नै बनाउने सोच थियो । उसँग काम गर्न पनि कम्फर्टेबल छ’ उनले भने ।
माघ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्म काठमाडौं र मकवानपुरको चित्लाङ क्षेत्रमा खिचिनेछ । डेढकरोड रुपैयाँ लगानीमा बन्ने फिल्मको प्रदर्शन चाहिँ प्रोजेक्ट तयार भएपछि मात्र तय गरिने छ ।
जितु यसअघि ‘छक्कापञ्जा’ समूहका फिल्ममा कार्यकारी निर्माताको रुपमा संलग्न थिए । तर, यसपटक भने उनी एकल लगानीमा फिल्म बनाउन कस्सिएका हुन् ।
फिल्मको निर्माण सुरु भएको जनाउँदै जितुले भने, ‘म हिजोदेखि यसैको काममा कुदेको कुद्यै छु ।’
दर्शक साथीहरू,
आजका यी चारवटै खबरले
नेपाली सिनेमा
नयाँ दिशातर्फ अघि बढिरहेको संकेत गर्छ।
केकीको नयाँ प्रयोग,
निखिलको नयाँ प्रेमकथा,
नायकको सम्भावित कमब्याक
र मुन्द्रेको नयाँ यात्रा —
तपाईंलाई कुन खबर सबैभन्दा चासोको लाग्यो?
👉 कमेन्टमा लेख्नुस्।
👉 भिडियो मन परे Like गर्नुस्।
👉 यस्ता विश्वसनीय फिल्म समाचारका लागि
Cinema Nepal Subscribe गर्न नबिर्सनुस्।
म बल कृष्ण खनाल,
फेरि भेटौँला
Cinema Nepal को अर्को रोचक एपिसोडमा।
धन्यवाद 🙏🎬
Comments
Post a Comment