नेपालका दिबेस पोखरेल अमेरिकन आइडल मा दितिय बन्दै नेपाली को शिर ठाडो बनाय

नेपालका दिबेस पोखरेल अमेरिकन आइडल मा दितिय बन्दै नेपाली को शिर ठाडो बनाय नेपाली युवा गायक दिवेश पोखरेल अर्थात (आर्थरगन) ले अमेरिकन आइडल सिजन–१८ मा उपविजेताको उपाधि जितेका छन्। आइतबारराति (नेपाली समय अनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो घोषित भएका हुन् । यो कुनै पनि नेपालीले हलिउडमा जितेको सम्भवतः सबैभन्दा ठूलो रियालिटी शो को उपाधि हो। अमेरिकन आईडलको उपाधि जस्ट सामनामकी युवतीले जितेकी छन् । अन्तिम प्रस्तुतिमा पोख्रेलले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाएका थिए । प्रस्तुतिपछि जज केटी पेरीले द बेष्ट भनी प्रतिक्रिया दिएकी थिइन् । उनको दोस्रो गीतको प्रस्तुतिमा नेपालका स्वयम्भूनाथको दृश्य देखाइएको थियो। गत हप्ता अमेरिकन आइडलका टप ७ प्रतिस्पर्धीको घोषणा गरिएको थियो । टप ७ मा अघिल्लो साता दिवेश पोखरेल–आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए । यी ७ जनामध्येबाट आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको थियो । त्यसपछि सुरु भएको फाइनल प्रस्तुतिपछिको भोटका आधारम...