Posts

Showing posts from August, 2021

राष्ट्रिय व्यक्तित्व तथा सम्मानको कलाकर्मी सम्मानबाट मोडल निकिता सम्मानित

Image
  राष्ट्रिय व्यक्तित्व तथा सम्मानको कलाकर्मी सम्मानबाट मोडल निकिता सम्मानित चितवन : चितवनकी मोडल एवंम् डान्सर निकिता सुनार खाती ‘राष्ट्रिय व्यक्तित्व तथा सम्मान २०७८’ कार्यक्रममा कलाकर्मी सम्मानबाट सम्मानित भएकी छिन् । मोफसलमा रहेर पनि झण्डै एक दशक समयदेखी निरन्तर रुपमा कुशल मोडल, नुत्याडंगानाको रुपमा नेपाली चलचित्र, स्टेज शो र म्यूजिक भिडियोमा निकिता सक्रिय छिन् । उनले दिने प्रस्तुती कारण जोकेही पनि मोहित हुदै आएका छन् । एक भव्य समारोहका विच नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, नेपालकी प्रथम चलचित्र अभिनेत्री भुवन चन्द, त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी तथा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निसु झाले संयुक्त रुपमा निकितालाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरेका थिए । निकिता पूर्वी चितवन रत्ननगर निवासी हुन् । खातीलाई रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको ‘राष्ट्रिय ब्यक्तित्व तथा सम्मान २०७८’ कार्यक्रममा कलाकर्मी सम्मानबाट सम्मानित गरिएको रिबनका अध्यक्ष झाले जानकारी दिए । उनीसहित चितवनका गायक भुवन प्यासी समेत सोही अवसरमा सम्मानित भएका थिए ।

परशुराम चौधरीको सिनेमा हलमा आगलागी

Image
परशुराम चौधरीको सिनेमा हलमा आगलागी  सुनसरिकाे झुम्का स्थित म्याजिक सिनेमा हलमा आगलागी भयकाेछ । बिध्ध्युत सर्ट हुदा आगलागी भयकाे कुरा हलका संचालक परशुराम चाैधरिले जानकारि दियकाछन । उनका अनुसार यक्कासि  बिध्ध्युत सर्ट हुदा भयकाे आगलागी ले हल पुर्ण रूपमा क्षति भयकाेहाे । आगाे निभाउने प्रयाश जारि रहेकाे कुरा चाैधरिले जनायका छन । अहिले आगाे नियन्त्रणका लागि ४ वटा दम्कल हरू परिचालन भयकाछन । हलकाे कन्ट्राेल रूमबाट सुरूभयकाे आगलागी अहिले अधिकांस भागमा पुगिसकेकाे छ भने आगाेअझै नियन्त्रणमा आउन सकेकाे छैन । साइराम मार्केट रहेकाे सिनेमा हल झुम्काकाे यक मात्र सिनेमा हलहाे क्षतिकाे बिवरण अहिले सम्म आइसकेकाे छैन भने  तिन कराेड सम्मकाे क्षति हुन सक्ने प्रारम्भिक अनुमान लगाइयकाेछ 
Image
  कोरोना खोपले प्रजनन क्षमता घटाउँछ ?   कोभिड १९ भ्याक्सिनका कारण प्रजनन् सम्बन्धी समस्या बढी हुने गर्छ, यसले गर्भपातको समस्या निम्त्याउँछ  भन्ने जस्ता दाबीहरु सामाजिक सञ्जालमा धेरै सुन्न सकिन्छ । यस्तो दाबीमा अहिलेसम्म कुनै प्रमाण भेटिँदैन । तर यस्तो दाबी भने आइरहेको छ । चिकित्सकहरु गर्भावस्थाको समयमा कुनै पनि चिजको सल्लाह दिनभन्दा पहिले धेरै सोच्ने गर्छन् । यही कारण लामो समयसम्म गर्भवती महिलाहरुको लागि कोरोना भाइरसको खोपलाई समेत नजरअन्दाज गरिएको थियो । तर अहिले सुरक्षालाई लिएर पर्याप्त प्रमाण भेटेपछि यो सन्देह हटेको छ । साथै, खोप लिनको लागि प्रोत्साहन पनि गर्ने गरिएको छ । किनकि कोभिडले गर्भावस्थालाई नै खतरामा पार्न सक्छ । ‘हामीले केही बलियो दाबी भेटेर नै बाहिर आएका दाबीहरु गलत हो भनेका छौं ।’ बीबीसीको एक रिपोर्टमा उल्लेख छ । खोप अण्डाशयमा भण्डारण हुन्छ ? मान्छेको अण्डाशयमा खोप भण्डार हुन्छ भन्ने दाबी एक जापानी अनुसन्धानको गलत पढाइका कारण सिर्जना भएको भ्रम हो । इन्जेक्सन दिनुको ४८ घण्टापछि केवल ०.१ प्रतिशत डोज मात्रै मान्छेको अण्डाशयमा पाइएको थियो । यसको विपरीत इन्जेक्सन...

।। राजेश हमाल नामक चलचित्र बन्दै ।।

Image
 ।। राजेश हमाल नामक चलचित्र बन्दै ।।   नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालको नाममा फिल्म निर्माण हुने भएको छ । निर्माता केदार भुषालले ‘म राजेश हमाल’ नाममा फिल्म बनाउन लागेका हुन् । फिल्ममा अतिथी भूमिकामा राजेश हमाललाई पनि देखाउने तयारीमा निर्माण टिम छ । तर, उनीसँग केही चरण कुराकानी भइसके पनि कागजी सम्झौता भएको छैन । उनले निर्मातासँग बिहीवारसम्मको समय मागेका छन् ।   फिल्मको नामको विषयमा पनि राजेश हमालले बिहीवार आफ्नो निधो दिनेछन् । मौखिक रुपमा नाम प्रयोग गर्ने सहमति भए पनि कागजी सम्झौता हुन बाँकी रहेको निर्माता भुषालले बताए । विक्रम लामा (जोन योञ्जन) ले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् ।    निर्माता भुषालले फिल्म राजेश हमालको जीवनीमा आधारित नहुने बताए । उनले भने- ‘उहाँको नाम लिएर फिल्म बनाउन लागेका हौं । क्यारेक्टरको मोटिभ पनि उहाँसँग नै मिल्छ । तर, उहाँको जीवनी नै बनाउन लागेका चाहिँ होइनौं ।’ आउँदो भदौ २० गते धनगडीबाट छायांकन सुरु हुन लागेक...

।। भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरण गजमेर लाइ ।।

Image
  ।। भ्वाइस अफ नेपाल सिजन-३ को उपाधि किरण गजमेर लाइ ।।   किरण गजमेर भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका छन् । शनिबार राति सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् । टिम प्रमोद(खरेल)का गजमेरले फिनालेमा मन्त्र ब्यान्डको 'हिमाली नेपाली' बोलको गीतमा प्रस्तुति दिएका थिए । विजेता भएसँगै उनले नगद २५ लाख रूपैयाँ पनि प्राप्त गरे । उनी झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका हुन् । भुटानबाट सर्वस्व त्यागेर उनको परिवार नेपाल आएको थियो । हाल अमेरिका बस्दै आएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिए । 'मैले नागरिकता पाएको थिइनँ । तर यो ट्रफी नागरिकता हो मेरो लागि,'किरणले भनेका छन् । भ्वाइसको कार्यक्रममा गायिका प्रविशा अधिकारी, राजेश पायल राईले गायन प्रस्तुति दिएका थिए ।

बलराम श्रेस्ट काे साउनकाे भेल बाडि नामक काठेभाकाकाे लाेक दाेहाेरि शार्वजनिक ।।

Image
  बलराम श्रेस्ठ काे साउनकाे भेल बाडि नामक काठेभाकाकाे लाेक दाेहाेरि शार्वजनिक ।।  लाेक गायक बलराम श्रेस्ठ काे माैलीक लाेक दाेहारी गित साउनकाे भेल बाडि शार्वजिनक भयकाेछ । निगम खाति काे शब्द रचना रहेको साउनकाे भेल बाडि मा गायक बलराम श्रेस्ठ कै लय रहेकाेछ भने बलराम श्रेस्ठ लाइ यस दाेहारि मा प्रतिमा अर्याल ले स्वर दियकि छिन हेटाैडाकाे विभिन्न स्थानमा छायाँकन गरियकाे यस दाेहाेरि गितमा एस कुमार लामा ,विर्कम विश्वकर्मा , करन सिल्वाल जेनिशा गुरूङ , नेहा लामा , मुना भन्डारि काे मुख्य अभिनय रहेकाेछ । बर्षात काे समयमा रूखमा छेल पारेर लुकि लुकि हेर्ने आफ्नो प्रेमिका लाई  शहर देखी गाउमा भेट्न आउँदा  चिना जानी गर्न आग्रह गर्दै गरेको कथा लाई यस गित मा अगाडी सारियकोछ । नेपाल को भौगोलिक अवस्था अनुसार हरेक ठाउमा भिन्ना भिन्नै किसिमको भाका हरु लोकप्रिय छन जस अनुरुप पुर्बेली काठे भाका मा निकै नै कर्णप्रिय आवाज मा सजियको यस गित सदबाहार हरेक मौसम मा सुन्न मिल्ने रहेको कुरा भिडियो का निर्देसक बाल कृष्ण खनाल को ठम्याइ रहेकोछ ।  बिगत लामो समय देखी गाउ घर मा गित गाय र मनोर...