Posts

  "सिनेमा मनोरञ्जन मात्र होइन, समाजको ऐना हो । तर जब मनोरञ्जनकै नाममा समाजमा विग्रह ल्याउने सामग्री प्रस्तुत हुन्छ, तब प्रश्न उठ्छ— के यो सिर्जनात्मकता हो कि उक्साहट? आज हामी केही यस्तै गम्भीर र चासोका विषय लिएर प्रस्तुत भएका छौं— सिनेमा नेपालमा म बलकृष्ण खनाल।"   🟠 मुख्य समाचारहरू  “उदयपुर फाइल्स नेपालमा रिलिज नहोस् भन्दै मुस्लिम समुदायको आपत्ति! दुर्गेशको नयाँ गीतले २४ घण्टामा मच्चायो धूम, कोमल वलीको ‘सुनिदेऊ शिव’ले दर्शक रुवायो, छविको निर्मातामाथिको गुनासो: कलाकारको लोभले डुबाउँदैछ नेपाली सिनेमा!” चलचित्र ‘एक्का तीन’ निर्माणको घोषणा समाचारहरू विस्तृतमा: हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह भारतीय फिल्म ‘उदयपुर फाइल्स : कन्हैयालाल टेलर मर्डर’लाई नेपालमा रिलिज नगर्न नेपालका मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् । मुस्लिम आयोग र चलचित्र विकास बोर्डमा पत्र लेख्दै उनीहरूले फिल्मले नेपालको शान्तिलाई हानी पुर्‍याउन सक्ने बताइएको छ ।फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको,...
  "कसैको जीवन चलचित्र जस्तै लाग्छ… तर केही पात्र त आफैँ जीवनको चलचित्र हुन्। यस्तै एक व्यक्ति – जो कलाकार मात्र होइनन्, अभियन्ता हुन्, लेखक हुन्, प्रशिक्षक हुन्, अनि सामाजिक चेतनाका अगुवा पनि। आज ‘Cinema Nepal’ को यो विशेष प्रस्तुति, मोहन निरौला – अर्थात् मोनिला को अविस्मरणीय यात्रा।"   मोहन निरौला (Mohan Niraula), मोनिला को जन्म वि.सं. २०१५ साल चैत महिनामा, तेह्रथुमको कोया खोला भन्ने सुन्दर गाउँमा भयो। पिता पुण्यप्रसाद निरौला सरकारको सेवा गर्ने शाखा अधिकृत थिए भने आमा दुर्गा देवी निरौला घर-परिवार सम्हाल्ने एक श्रद्धेय महिला थिइन्। पिताको सरकारी जागिरका कारण परिवारले पोखरा, भोजपुर, विराटनगर, जनकपुर, काठमाडौं लगायतका ठाउँमा बास बस्यो। तेसैले मोहनको बाल्यकाल र शिक्षाको यात्रा पनि कहिले कुन शहर त कहिले अर्को शहरमा बित्यो। पिता पुण्यप्रसाद को चाहना थियो – छोरा डाक्टर बनोस्। त्यसैअनुसार, मोहनलाई जनकपुरमा बायोलोजी (साइन्स) पढ्न पठाइयो। तर एउटा शिक्षकसँगको हिन्दी भाषाको विवादले परीक्षामा पूर्ण अंक ० आयो। त्यसपछि उनले विज्ञान पढ्न छाडेर विराटनगरमा वाणिज्य (Commerce) अध...
  “गुरु त्यो हुन्छ, जसले हाम्रो आँखालाई होइन, हाम्रो दृष्टिकोणलाई खोलिदिन्छ।” आजको दिन– गुरु पूर्णिमा – केवल पूजा होइन, प्रेरणा र सिर्जनाको उज्यालो हो ।  नमस्कार म जिबन चौधरी स्वागत छ तपाइलाई सिनेमा नेपाल को आजको यपिसोड मा   र, आजकै दिन नेपाली फिल्म क्षेत्रका लागि पाँचवटा ठूला खबरहरू सार्वजनिक भएका छन्– नयाँ फिल्मको घोषणा, कलाकारको ऐक्यबद्धता, बक्स अफिस सुधार अभियानदेखि लिएर, चर्चित गायकको सेटमै अचेत भएका खबरसम्म । अन्त्यसम्म हेर्नुहोस् – हरेक खबरमा छ गहिरो विश्लेषण!   📰 आजका मुख्य खबरहरू संक्षेपमा: ‘बाकस’ फिल्मको घोषणा गुरु पूर्णिमामा, निर्देशन नवीन पन्त दीपेन्द्र के. खनालको निर्देशनमा ‘क्याप्टेन साब’ सुरु रवि लामिछानेको पक्षमा मनीषा कोइरालाको ऐक्यबद्धता दुर्गेश थापा र सिसन बानियाँको गीत ६ घण्टामै ट्रेन्डिङमा फिल्म ‘जनै हराएको मान्छे’को सेटमा थानेश्वर गौतम अचेत चलचित्र बोर्डको रियल टाइम बक्स अफिस प्रणाली कार्यान्वयनमा अवरोध 🎬 समाचारहरू बिस्तारमा: गुरु पूर्णिमाको अवसर पारेर फिल्म ‘बाकस’ निर्माणको घोषणा ‘बाकस’ नामबाट पनि निर्माण हुने भएक...
“यो माटोले कविता लेख्छ, यो हावाले संगीत बाँच्छ, हाम्रो सिनेमा त्यो संवेदना हो जुन संस्कृतिमा बग्दछ। धुरी जस्तो यो सिनेमा हाम्रो अस्तित्वको प्रमाण हो। Cinema Nepal तिनै कलाहरूको संकलन हो – जहाँ कला, संस्कृति र कथाहरू एकै ठाउँमा भेटिन्छन्।”  नमस्कार, म बलकृष्ण खनाल, तपाईंलाई स्वागत छ Sangam Film and Production House को विशेष प्रस्तुति Cinema Nepal मा – जहाँ सिने जगतका सबै ठूला र चाखलाग्दा खबरहरू हामी तपाईंसामु गहिरो विश्लेषणका साथ प्रस्तुत गर्छौं। आजको एपिसोडमा छन् पाँचवटा प्रमुख खबरहरू, जुन तपाईंले अन्त्यसम्म हेर्नैपर्छ। रनवे डेब्युमा मिस पबिको बेहुली अवतार ‘कान्तारा: च्याप्टर १’ दशैंको टीकामा रिलिज हुने ‘शिरीषको फूल’बाट सनिशा भट्टराईको नाटकमा डेब्यु ५१औँ दिनमा ‘कोशेढुंगा’को छायांकन सम्पन्न ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक ‘मैझारो’मा धिरजको जोडी मिरुना ab prasanga haruko bistrit rupma bujhau कलाकार तथा मोडल मिस पबिले रनवे डेब्यु गरेकी छन् । केही दिनअघि आयोजित ‘ब्राइडल रनवे’मा उनी शो स्टपरको रुपमा देखिइन् । सञ्जिता बरालले डिजाइन गरेको बेहुली पहिरनमा उनी आकर्...
  "सिनेमाको पर्दा सानो होला, तर त्यसले देखाउने कथा असंख्य मनको आइना हो।" नमस्कार, म बलकृष्ण खनाल, स्वागत छ तपाईंलाई Cinema Nepal मा — जहाँ सिने क्षेत्रका खबरहरूलाई हामी गहिरो र तथ्यपूर्ण रूपमा तपाईंसम्म पुर्‍याउँछौं। यदि तपाईं हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने, कृपया Subscribe गर्न नभुल्नुहोस्। र, आजको यो महत्वपूर्ण भिडियो अन्तिमसम्म हेर्नुहोला , किनभने हामी ल्याएका छौं नेपाली सिनेमाको पाँचवटा ठूला खबरहरू, जुन तपाईंले छुटाउनु हुँदैन। 🎶 [News 1 – चलचित्र ‘मोहर’को गीत सार्वजनिक] चलचित्र ‘मोहर’ को बहुप्रतीक्षित गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक भएको छ। पल शाह र बेनिशा हमालको नृत्यले भरिपूर्ण यो गीतले दर्शकको मन जित्दैछ। गीतमा पलको ऊर्जा र बेनिशाको नारीप्रधान स्वाभावले रोमान्स र जोश दुबै भर्न सफल देखिन्छ। गीतको भिजुअल, कोरियोग्राफी र म्युजिक सबै पक्षमा उत्कृष्ट बनेको दर्शक प्रतिक्रियाबाट प्रष्ट हुन्छ। 🎬 [News 2 – चलचित्र ‘मैझारो’ निर्माण घोषणा] नेपाली समाजको वास्तविक कथालाई समेट्दै चलचित्र ‘मैझारो’ को औपचारिक निर्माण घोषणा गरिएको छ। फिल्मले गाउँघरको जीवन, प्रेम र स...
  “सम्बन्ध भनेको जनै जस्तै हो, कहिलेकाहीँ हराउँछ, फेरि फेला पर्न सक्छ… तर कहिलेकाहीँ, हराएको जनैले नयाँ कथा लेख्छ ।” यही कथा बोकेर आएको छ आजको CINEMA NEPAL — जहाँ तपाईं पाउनुहुनेछ नेपाली सिने क्षेत्रका ताजा र गहिरा खबरहरू, भावनात्मक दृश्यहरू, र विवेकपूर्ण विश्लेषणहरू। नमस्कार म बाल कृष्ण ख नाल स्वागत छ तपाइलाई तपाईंकै प्रिय कार्यक्रम सिनेमा नेपाल मा आजको भिडियो मा हामी कुरा गर्दैछौ  Sci-Fi फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक, प्रदीप खड्का हिमालय संरक्षकको भूमिकामा। ‘ माग्ने बुढाले ६१ लाख पारिश्रमिकको कुरा ‘हाइप’ भएको भन्दै खण्डन। जनै हराएको मान्छे’ को पोस्टर ८ सहरबाट एकसाथ सार्वजनिक, सम्बन्धको धागा देखियो। नारी पीडामा आधारित टेलिसिरियल ‘हिरा’ साउन १५ बाट टेलिभिजनमा प्रसारण। एलिना chauhan ko अभिव्यक्ति: “डिभोर्स मेरो गल्ती थियो, अब मरिहत्ते माया गर्दिनँ।” दर्सक बृन्द अब ढिला नगरि आजका खबर हरु बिस तार मा बुझौ , Sci-Fi फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक, प्रदीप खड्का हिमालय संरक्षकको भूमिकामा। ‘ टिजरमा प्रदीपसहित दीया पुन, विजय लामा, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतका कलाकारक...
Male: सान्नानी मालती पोइल गयछन रामे र मोहन नी बावा भयछन Female: सुन्तली भिल्के संग डेटिङमा हर्के र मिना नी सेटिङमा Duet (Hook): यसपालीको तिजैमा दम दमा दम दम यसपालीको तिजैमा दम दमा दम दम यसपालीको तिजैमा दम दमा दम दम यसपालीको तिजैमा दम दमा दम दम (Verse 2) Male: मादलू रन्कीयो गावै घन्कीयो बनारसी सारिनी माथी सर्कियो  Female: सुमित्रेको डानस ले अतायो दरको मिठास ले मतायो Duet (Hook): यसपालीको तिजैमा दम दमा दम दम यसपालीको तिजैमा दम दमा दम दम यसपालीको तिजैमा दम दमा दम दम यसपालीको तिजैमा दम दमा दम दम Female: पिजडाको चरी झै आज छुटेकी सपना सजाउने दिनमा जुटेकी Duet (Hook): यसपालीको तिजैमा दम दमा दम दम यसपालीको तिजैमा दम दमा दम दम यसपालीको तिजैमा दम दमा दम दम यसपालीको तिजैमा दम दमा दम दम